बंगलादेशका राष्ट्रपति फेवातालमा

0
Shares

पोखरा, (नेस)। 

बंगलादेशका राष्ट्रपति अब्दुल हमिद पोखरा घुम्न आउनुभएको छ। राष्ट्रपति हमिद बिहीबार बिहान ११ः४५ बजे नेपाली सेनाको हेलिकोप्टरमार्फत पोखरा आउनुभएको हो।

श्रीमतीसहित पोखरा आउनुभएका हमिदले पोखराको फेवातालमा नेपाल प्रहरीको मोटरबोट चढी फेवातालको अवलोकन गर्नुभएको छ। उहाँले फेवातालमा रहेको फिस्टेल लजमा खाना खाई सोही लजबाट मोटरबोट चढी बराही मन्दिरलाई समेत परिक्रमा गर्दै हेलिकोप्टरमार्फत रुपाकोट पुग्नुभएको हो।

रुपा गाउँपालिकास्थित रुपाकोट रिसोर्ट पुगी त्यहाँबाट पोखराको अवलोकन गरी राष्ट्रपति हमिद बिहीबार नै काठमाडौं प्रस्थान गर्नुभएको हो। राष्ट्रपति हमिदको स्वागत गर्न पोखरा विमानस्थलमा गण्डकी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन, कार्यवाहक मुख्यमन्त्री किरण गुरुङ, पर्यटनमन्त्री विकास लम्साल, जनप्रतिनिधि, सरकारी उच्चपदस्थ अधिकारीलगायतले स्वागत गर्नुभएको थियो। राष्ट्रपति हमिदको स्वगतमा पोखरा महानगरपालिकाले झाँकी प्रदर्शन गरेको थियो।