‘सिद्धबाबाको सुरुङ मार्गको टेन्डर छिट्टै’

0
Shares

बुटवल, (नेस)। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले ज्यानमारा मार्गले परिचित सिद्धबाबाको सुरुङ मार्गको टेन्डर छिट्टै गर्ने गरी काम अगाडि बढेको बताउनुभयो।

लायन्स क्लब अफ बुटवल सिद्धबाबाले बुटवलको नयाँगाउँमा निर्माण गरिएको मधुमेह स्वास्थ्य उपचार केन्द्र भवनको बिहीबार उद्घाटन गर्दै उहाँले नेपालको समृद्धि र स्वाभिमानका लागि सबै बीच एकता हुनुपर्ने बताउनुभयो। पूर्वअर्थमन्त्रीसमेत रहनुभएका उहाँले विकासमा एकता र सहकार्य आवश्यक रहेको औंल्याउनुभयो।