काउसो दलेर रकम लुट्ने प्रहरीको फन्दामा

0
Shares

भद्रपुर, (नेस)।

काउसो दलेर रकम लुट्न प्रयास गर्ने भारतीय नागरिकलाई इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोडबाट पक्राउ गरेको छ।भारत बंगाल घर बताउने ३० वर्षीय अनिल ग्वाला र १२ वर्षीय तुसार ग्वालालाई बिर्तामोडस्थित मनमोहन अस्पताल नजिकैबाट पक्राउ गरिएको बिर्तामोडका डीएसपी मोहन थापाले जानकारी दिनुभयो।

उपचारका लागि मनमोहन अस्पताल आएका अर्जुनधारा–६ का बमबहादुर तामाङलाई ग्वालाले काउसो दलेर लुटपाटको प्रयास गरेका थिए। छोराको उपचारका लागि आएका तामाङको साथबाट ५० हजार नगद रहेको झोला लुट्ने प्रयास गरिएको प्रहरीको भनाइ छ।

बिहीबार अपरान्ह ४ बजे पक्राउ परेका उनीहरुलाई इप्रका अनारमनीमै राखेर थप अनुसन्धान अघि बढाइएको डीएसपी थापाले बताउनुभयो।