भलिबलमा नेपाललाई ऐतिहासिक उपाधि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नेपाली महिला राष्ट्रिय भलिबल टोलीले पहिलो संस्करणमै एभीसी एसियन सेन्ट्रल जोन सिनियर भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ।
बिहीबार बंगलादेशको ढाकास्थित मिरपुर सुरवार्दी इन्डोर हलमा भएको फाइनल खेलमा नेपालले माल्दिभ्सलाई २५–१३, २५–१२, २५–८ को सोझो सेटमा हराएको हो। योसँगै नेपाली महिला भलिबल टोलीले नेपाली भलिबलका लागि ऐतिहासिक उपाधि भिœयाएको छ।

नेपालले भलिबलतर्फ अन्तर्राष्ट्रियस्तरको उपाधि जितेको यो पहिलोपटक हो। यसअघि सन् २०१४ मा काठमाडौंमा आयोजना भएको दक्षिण एसियाली आमन्त्रण महिला भलिबल च्याम्पियनसिपमा रजत पदक जित्नु नै नेपाली भलिबलमा ठूलो उपलब्धि थियो।

त्यस्तै महिला टोलीले दक्षिण एसियाली खेलकुद सागमा पनि कांस्य पदक जितेको थियो। साथै पुरुष राष्ट्रिय भलिबल टोलीले एभीसी सेन्ट्रल जोनको तेस्रो संस्करणमा कांस्य पदक जितेको थियो।

तस्वीर सौजन्य : हाम्रो खेलकुद