सिरहाको लहानमा भारत सरकार विरुद्ध पर्दर्शन


सिरहा, महेश सिंह ।

नेपाली भू–भाग मिचेको विषयलाई लिएर सिरहाको लहान नगरपालिकामा बुधबार भारत सरकारविरुद्ध विरोध कार्यक्रम गरिएको छ । नेबिसंघ जिल्ला कार्समिती सिरहाका सभापति सितल प्रसाद चौधरीको अगुवाईमा बुधबार सिरहाको लहानमा बृहत , बिशाल जुलुस गरेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत सिमा मिचिएका मुद्दालाई लिएर देशभर आन्दोलन छेडिँदा सिरहा , सप्तरी , धनुषा महोत्तरी लगायत देशका विभिन्न जिल्लाहरुमा विभिन्न पार्टीको भातृ संगठन को विद्यार्थीहरु आन्दोलनमा और्लिएका छन । समेत भारत विरोधी प्रदर्शन गरिएका हुन् ।

स्थानीय युवाहरूको अगुवाइमा निकालिएको रयालीमा सिरहा र लहान नगरपालीका भित्र पर्ने कलेजहरु जेएस मुरारका बहुमुखि क्याम्पस लहान , रोयल सपटेक कलेज लहान एलएमसी कलेज, लक्ष्मण ललिता कुशवहाँ उच्च माबी र पब्लिक टेक्निकल ईन्स्टिच्युट लगायत क्याम्पस विद्यार्थीहरुको उल्लेखनिय सहभागिता समेत रहेको ने ।बि। संघको केन्द्रिय सदस्य अशोक चौधरी र सरोज यादवले बताए ।

सिरहाको लहान नगरपालिकाको बजार भरि नारा बाजी गरेका थिए । सीता नोबेल पत्रीका पसलको अगाडीबाट निकालीएको नारा जुलुस रयालीमा भारत विरोधी नाराबाजीसहितको रयाली लहानको सहिद चौकमा पुगी कोणसभामा परिणत भएको थियो ।

कालापानी ,लिपुलेक र लिम्पियाधुरा हाम्रो हो गो ब्याक इन्डिया ,भारतीय बिस्तार बाद मुर्दाबाद , सिमा मिच्न पाइन्दैन यस्तो छिमेकी चाइन्दैन, एक पक्षिय नक्सा मान्दैनौं ,पू्र्खाले लडे नाला पानी हामी लड्छौ काला पानी जस्ता प्लेकार्ड बोकेर नगर रिक्रमा कोणसभा मा परिणत कार्यक्रम स्थानीय युवा नेताहरु पुर्वाअञ्चल बिश्व बिध्यालयको केन्द्रिय उपाध्यक्ष संजय यादव प्राविधिक संघको केन्द्रिय उपाध्यक्ष मुकेश कुमार महतो ,नेपाल विद्यार्थी संघको निबर्तमान केन्द्रिय उपाध्यक्ष संजय यादव विद्यार्थी नेता पप्पु यादव लगायत विद्यार्थी नेताहरुको उल्लेखनिय उपस्थिती रहेको थियो।

सहभागीहरूले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकताको खाँचो छ। लिपुलेक कालापानीसहितका नेपाली भू–भाग आफ्नोतर्फ रहेको विवादित नक्सा जारी गरेपछि नेपालभर भारत विरोधी अभियान छेडिएको छ । लहान बासिहरुले भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालैबाट आवश्यक कूटनैतिक पहल थाल्नुपर्ने मागसमेत गरेका छन् । रासस