खेलकुद विकास समिति गठन


बुद्ध नेपाली, सिन्धुली ।

गाउँपालिकामा खेलकुदको विकास लागि सुनकोशी गाउँपालिकास्तरीय खेलकुद विकास समिति गठन गरिएको छ । सुनकोशी गाउँपालिकाका अध्यक्ष दिपा बोहोरा दाहालको अध्यक्षतामा आज (विहीवार) बसेको भेलाले समिति गठन गरेको हो ।

भेलाले १३ सदस्यीय खेलकुद विकास समितिको अध्यक्षमा सुनकोशी गाँउपालिका –५ का ठङकर बहादुर केसीलाई चयन गरेको छ । समितिको उपाध्यक्षमा सुनकोशी गाउँपालिका– ७ का बाबुराम विक, सचिवमा सुनकोशी गाउँपालिका –६ का किर्तिमान नेपाली, सहसचिवमा सुनकोशी गाउँपालिका– ३ का प्रतिक श्रेष्ठ, कोषाध्यक्षमा सुनकोशी गाउँपालिका– ७ का दिपा आचार्यलाई चयन गरिएको सुनकोशी गाउँपालिका अध्यक्ष दाहालले बताउनुभयो ।

त्यस्तै समितिका सदस्यहरुमा रामकृष्ण कार्की, कुमार दाहाल, मन्दिरा श्रेष्ठ, रेश्मा श्रेष्ठ, तिर्थ मोक्तान, जनक पौडेल, मनोज न्यौपाने, विनोद श्रेष्ठ चयन हुनुभएको छ ।

गाउँपालिकाको सात ओटै वडाका खेलकुद खेलाडी र खेलकुद प्रेमीहरुलाई समेटेर समिति गठन गरिएको छ ।
नवगठित समितिका पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिदै गाउपालिका अध्यक्ष दाहालले गाउँपालिकाको सम्पूर्ण खेलकुदका गतिविधिहरु उत्साहित र अनुशासित हुदै अगाडी बढाउन सुझाव दिनुभयो ।

सवैलाई एकताबद्ध बनाएर सुनकोशी गाउँपालिकाको नाम राख्दै राम्रा खेलाडी उत्पादन गर्न समितिले महत्वपूण भुमिका खेल्ने अध्यक्ष दाहालको अपेक्षा छ । पछिल्लो समय देभभरी नै युवाहरु विभिन्न कुलतमा फस्नेक्रम बढेको बताउदै अध्यक्ष दाहालले पालिकाभित्रका युवाहरुलाई एकताबद्ध र अनुशासित बनाउन समितिले कदम चाल्ने विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष दिर्वसिँङ मोक्तानले गाउँपालिकालाई खेलकुदका माध्यमबाट चिनाउन समितिले उत्कृष्ट खेलाडी उत्पादन गर्ने सक्नुपर्ने बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुर्य पाख्रिनले गाउमा लुकेर रहेका जुनसुकै विधाका खेलाडीलाई पहिचान गरी बाहिर ल्याउन समितिको भुमिका हुनुपर्नेमा जोड दिनुभयाृ ।

अहिले देशमा खेलकुदमा लाग्दा निरास हुनुपर्ने, हतोउत्ताहित हुनुपर्ने अवस्था नरहेको भन्दै राम्रा खेलाडीको भविष्य उज्जवल रहेको बताउनुभयो ।
गाउँपालिकामा खेलकुदका गतिविधिहरुलाई व्यवस्थितरुपमा संचालन गर्न गाउपालिका संरक्षक रहेनगरी समिति गठन गरिएको गाउँपालिका उपाध्यक्ष दिर्वसिँङ मोक्तानले बताउनुभयो ।