बर्दियामा धानको मुल्य तोकियो, तत्काल खरिद गर्न कृषकको माग


विष्णु तिमिल्सिना, बर्दिया ।

खाद्य व्यवस्था तथा व्यापारिक कम्पनी लि.को. राजापुर स्थित आधुनिक चामल कारखानाले धान खरिद गर्नका लागि बर्दियामा धानको समर्थन मुल्य तोकिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेको अध्यक्षतामा बसेको कार्तिक २८ गते बसेको मुल्य निर्धारण समितिको बैठकले मोटा धान प्रति क्विन्टल २ हजाई ५ सय ३२ रुपैया ८० पैसा र मकवानपुर धानको २ हजार ७ सय निर्धारण गरेको हो ।

मूल्य निर्धारण भएपछि खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरले कार्तिक २८ गते देखि धान खरीद कार्य शुरु गरेको छ । मोटा धान तत्कालै नै खरीद हुने .र मकवानपुर धान केही दिन पछि खरीद हुने खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरका प्रमुख रेवन्त्त रावलले जानकारी दिनु भयो ।

बर्दियामा राजापुर क्षेत्रमा मात्रै लगाइने मकवानपुर धान मोटा जस्तै भएतापनि हरेक वर्ष यसको मुल्य मोटा भन्दा बढि हुने गरेको छ । तर नेपाल सरकारले मोटा धानमै सुचिकृत गरेर सोही सरह मुल्य निर्धारण गरेको जिल्लामा बसेको बैठकले मकवानपर धानको २ हजार ७ सय निर्धारण गरेर कार्यान्वयनको लागि समर्थन लिन केन्द्रमा पत्रचार गरिएको प्रमुख रावलले बताउनु भयो । केन्द्रबाट सकारात्मक कुरा आएको र अनुगमन गरी स्वीकृति दिने कुरा भएको पनि प्रमुख रावलले बताउनु भयो ।

समर्थन मुल्य किसान निर्णय भएको भन्दै खुसी ब्यक्त गरेका छन् । खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरले राजापुरले धानको समर्थन मुल्य सहि भएको र यसलाई तत्कालै कार्यान्वयन गर्न पर्ने राजापुर नपा भिम्मापुरका किसान पहारी थारुले बताउनु भयो ।

किसानहरुको सुविधाको लागि कम्पनीबाट टाढा रहेका किसानहरुलाई पाएक पर्ने गरी विभिन्न ठाउँमा खरिद केन्द्र स्थापना गरी काँटा स्थापना गर्न पर्नेमा जोड दिए । अहिले बजारमा निजि धान गल्ला ब्यापारीले मोटा धान प्रति क्विन्टल २ हजार २ सय र मकवानपुर धान २ हजार ४ सय ५० मा किसानहरुसंग खरिद गरिरहेका छन् । उक्त मुल्य खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरले गरेको मुल्य बढि हो ।

बर्दियाको राजापुर क्षेत्र धान उत्पादनको लागि नेपाल खाद्य संस्थानको शाखाको रुपमा राजापुरमा २०४५ सालमा जापानको सहयोगमा स्थापना गरिएको हो । अहिले नाम परिवर्तन भई खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि.राजापुर को रुपमा सञ्चालनमा रहेको छ ।

नेपाल सरकारको नीति अनुसार खाद्य ब्यवस्था तथा ब्यापारिक कम्पनी लि. राजापुरले किसानसंग धान खरिद गरी त्यसलाई प्रशोधन गरी खाद्यन्न अभाव हुने हिमाली तथा पहाडी क्षेत्रका जिल्लामा आपूर्ति गर्ने गरेको छ ।

संस्थानको ६० हजार क्विन्टल धान खरिद गरी भण्डारण गर्ने क्षमता रहेको छ । विगतको वर्षमा संस्थानले ढिलो गरी निजी गल्ला ब्यापारी भन्दा कम मुल्य समर्थन मुल्य निर्णय गर्दा लक्ष्य भन्दा एक दमै कम धान खरिद गर्न सकेको थियो । गत वर्ष ४० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहे पनि ३ हजार ३० क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो । गत वर्ष ढिलो गरी भएको मुल्य निर्धारण हुँदा निजि गल्ला ब्यापारी बढि मुल्य दिदा किसानहरुले उनीहरुलाई नै धान बिक्रि गरेका थिए ।

यस वर्ष भने ४५ हजार हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य रहेको कम्पनीको छ । यसका लागि कम्पनीमै र तत्काल कैलालीको सत्तीमा गरि दुई ठाउँमा खरिद केन्द्र स्थापना गर्ने पनि बताउनु भयो । जनशक्ति ब्यवस्थापन गर्न सकेको अवस्थामा किसानहरुलाई पाएक पर्ने अन्य ठाउँमा पनि खरिद केन्द्र स्थापना गर्ने पनि खाद्य ब्यवस्था प्रमुख रावलले बताउनु भयो ।

राजापुर नगरपालिका र गेरुवा गाउँपालिका क्षेत्रका विभिन्न ठाउँहरुमा निजी क्षेत्रका गल्ला व्यापारिहरुले २ हाजार १ सय देखि २ हजार २ सय सम्मका दरले धान खरिद गरि रहेको अवस्था रहेकाले ती किसानहरुका लागि तत्कालै खैरी, चन्दनपुर, मनाउँ, शान्तिबजार, पथरैया, नयाँ गाउँ, टपरा लगायतका ठाउँमा घान खरिदका लागि कम्पनीले व्यवस्था नगरे तोकिएको मूल्य किसानको प्रत्यक्ष नहुने कुरा खैरीका कृषक चक्र बहादुर थापाले बताउनु भयो ।