प्युठानमा बलेरो गाडी दुर्घटना हुँदा एक महिलाको मृत्यु


न्युज अफ नेपाल, प्युठान ।
प्युठानमा बिहीबार बलेरो गाडी दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ ।

दुर्घटनामा चालकसहित चार जना घाइते भएका छन् । मृत्यु हुने उक्त महिलाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

भिगृबाट स्वर्गद्वारीतर्फ जाँदै गरेको ग २ च ५२४९ नम्बरको बलेरो गाडी स्वर्गद्वारी नगरपालिका–४ मनखोला भिरस्थित सडकदेखि अन्दाजी ३ सय मिटर तल खसेर दुर्घटना परेको हो ।

घाइतेहरुलाई थप उपचारको लागि भैरहवा पठाइएको प्रहरीले जनाएको छ ।