नृत्य विजेता खेलाडीलाई सम्मान

0
Shares

नेपाल समाचारपत्र, हेटौंडा।

रियो छमछमी मेघा डान्स प्रतियोगितामा पहिलो हुन सफल हेटौंडाकी खेलाडी सन्ध्या आचार्यलाई सम्मान गरिएको छ।मकवानपुर जिल्लाकी एथ्लेटिक्स राष्ट्रिय खेलाडी आचार्यलाई सम्मान गरिएको हो।

मकवानपुर जिल्ला खेलकुद विकास समिति तथा मकवानपुर एथ्लेटिक संघले सन्ध्यालाई नगद ५ हजारसहित सम्मान गरिएको हो।हेटौंडा–८, कमानेकी २१ वर्षीया आचार्यले नेपाल टेलिभिजनबाट प्रसारण भएको मेगा डान्स रियालिटी सो रियो छमछमी सिजन–४ जितेकी हुन्।

उनी नृत्यमा मात्र होइन, खेलकुदमा पनि उत्तिकै सक्रिय छिन्। मकवानपुरकी चर्चित एथ्लेटका रूपमा चिनिने उनले मकवानपुर जिल्लास्तरीय खेलकुद प्रतियोगितामा धेरै पटक स्वर्ण तथा कास्य पदक जितेकी छन्।

सन्ध्याले राष्ट्रिय प्रतियोगितामा समेत ३ पटकसम्म सहभागिता जनाइसकेकी छन्। उनी स्वतन्त्र विद्यार्थी युनियन वर्ष खेलाडीसमेत हुन्।

उनले क्याम्पसको वार्षिकोत्सवको अवसरमा आयोजित खेलकुद प्रतियोगितामा ५ स्वर्ण र २ रजत जित्न सफल भएकी थिइन्।