वडा ७ को जित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

नागर्जुन नगरपालिका वडा ७ ‘ए’ प्रथम मेयर कप फुटबल प्रतियोगितामा बुधबार फाइनलमा प्रवेश गरेको छ।

युथ हसन्टार क्लबद्वारा आयोजित प्रतियोगिताको सेमिफाइनलमा वडा ७ ‘ए’ ले वडा ५ ‘बी’ लाई २–० गोलले पराजित गर्यो।

उपाधिका लागि वडा ७ ‘ए’ ले कात्तिक ३० गते वडा ६ ‘ए’ संग खेल्ने छ। विजेताले १ लाख ५ हजार तथा उपविजेताले ५५ हजार नगद पुरस्कार पाउने छन्।