ज्ञान कार्निभल खेलकुद आजदेखि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

ज्ञानोदय बालवाटिकाको आयोजनामा २६औं एसएमएल इसुजु ज्ञान कार्निभल अन्तरविद्यालय खेलकुद प्रतियोगिता बिहीबारदेखि हुने भएको छ।

कार्निभलमा बास्केटबल, फुटबल र नेटबलमा प्रतिस्पर्धा हुने आयोजक ज्ञानोदयकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बाले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइन्।

छात्र फुटबलमा १२, बास्केटबलको छात्रमा १२ र छात्रामा १० तथा नेटबलमा ८ टिमको सहभागिता रहने छ।

प्लस टु बास्केटबलको छात्रमा ९ तथा छात्रामा ८ टिमले भाग लिने छन्। नेटबल पहिलो पटक समावेश गरिएको हो। खेलहरू बुङ्मतीको खोकनास्थित आयोजककै हातामा हुने छ।