हिमालयको जित

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

आयोजक हिमालय इङलिस बोर्डिङ स्कुलले दोस्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको प्लस टु गल्र्समा बुधबार जित हात पारेको छ।
हिमालयले एसलाई ४२–१५ ले पराजित गर्यो।

हिमालयको जितमा प्रजिता कार्कीले २० अंक योगदान गरिन्। सोही स्पर्धामा सन्जु राईको २९ अंक सहयोगमा न्यु भिजनले ख्वपलाई ४४–१८ ले हरायो।

प्लस टु ब्वाइजमा एसले हिमालयलाई ४४–४३, इन्साइट भिजनले ह्वाइट हाउसलाई २७–२४ र चाणक्यले कस्मिकलाई ४३–१९ ले पाखा लगाए। स्कुलतर्फ जुनियर गल्र्समा न्यु भिजनले एभरेस्टलाई २१–१४ ले पन्छायो।