उमा कुंफु टोली अस्ट्रियातिर

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

वल्र्ड कप ब्रिगेन्ज ओपनमा सहभागी हुन नेपाली उमा कुंफु टोली बुधबार अस्ट्रियाको ब्रिगेन्ज प्रस्थान गरेको छ। नोभेम्बर १५ र १६ तारिखमा हुने प्रतियोगितामा ३ पुरुष खेलाडीको नेपालको चुनौती प्रस्तुत गर्ने छन्।

कमल मगरले ३, रमेश महर्जनले १ र सञ्जय पुटुवारले ३ स्पर्धामा प्रतिस्पर्धा गर्ने छन्। प्रशिक्षकमा अशोक केसी तथा व्यवस्थापकमा सुदिश पाण्डे रहेका छन्। सञ्जय र अशोक भने बिहीबार मात्र अस्ट्रिया जाने छन्।

टोलीलाई सफलताको शुभकामना दिँदै नेपाल उमा कुंफु संघका अध्यक्ष सिद्धार्थ लामा, उपाध्यक्ष सन्जित राई र महासचिव भुपेन्द्र गुरुङले बुधबारै एक कार्यक्रमबीच विदाइ गरे।

बिदाइका अवसरमा टोलीलाई केटीएम जिन्सद्वारा प्रायोजित ट्रयाकसुट वितरण गरिएको थियो।