एसियन एमच्योर चेसमा कृष्णको एकल अग्रता

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा आठौं चरणसम्म आइपुग्दा नेपालका सीएम कृष्ण थापाले एकल अग्रता लिएका छन्।
छैठौं चरणको समाप्तीदेखि अग्रता कायम राखेका कृष्णले बुधबार सातौं चरणमा सजिन मर्हजनलाई हराए।

यसैगरी उनले आठौं चरणमा भारतका सुमित ग्रोभरसँग बराबरी गरे। कृष्णको सात अंक हुदा दोस्रो स्थानमा रहेका सुमितको ६.५ अंक छ। सुमितले सातांै चरणमा सुसील चौधरीलाई हराएका हुन्।

यी दुईलाई पछ्याएका नेपालका पुरुषोत्तम चौलागाईं र भारतका आर्नभ कुशहवाको ६ अंक छ। आठौं चरणमा यी दुईको बराबरी भएको हो। यसअघि सातौं चरणमा आर्नभले रिजेन्द्र राजभण्डारी तथा पुरुषोत्तमले प्रकास नेपालसँग बराबरी गरेका थिए।

त्यस्तै रिजेन्द्र राजभण्डारी र भारतकी सन्ध्या जीबीचको खेलको परिणामले खेलको समिकरणलाई धेरै प्रभाव पर्ने छ। सातौ चरणको समाप्तीमा रिजेन्द्रको ५ अंक छ।१५ देशका कुल ८४ खेलाडी सहभागी प्रतियोगिता स्वीस लिगको आधारको नौं चरणमा हुने छ।

नेपाल बुद्धिचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबारसम्म चल्ने छ।प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन्।

यसैगरी, चांैथो र पाँचांैले ५ सय, छैठौंले ४ सय तथा सातांैले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन्। आठौंदेखि दशौं हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन्। प्रतियोगिता स्वीस लिगको आधारमा नांै चरणको हुने छ।

तस्वीर  उजोल डंगोल, काठमाडौं