आईएसका अर्को नेता निसानामा : ट्रम्प

0
Shares

वासिङटन (एजेन्सी)।

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब उनको ध्यान इस्लामिक स्टेटका नयाँ नेता माथि रहेका बताए। उनी कहाँ छ भन्ने कुरा पनि आफुलाई थाहा भएको ट्रम्पले बताए।

ट्रम्पले आईएसका नयाँ नेताको नाम भने बताएनन्। सम्भवत उनले अबु इब्राहिम हासिमी अल कुरैसीको उल्लेख गरेको हुनसक्ने बताइएको छ। अल कुरैसीले इस्लामिक कट्टरपन्थी संगठनका नेताका रूपमा अबु बकर अल बगदादीको स्थान लिइसकेको समाचार बाहिर आइरहेको छ।

पुर्व नेता बगदादीले उत्तरी सिरियामा अमेरिकी कमान्डो द्वारा पछ्याएपछि आफुलाई विस्फोट पदार्थ विस्फोट गराई उडाएका थिए। मंगलबार एक सभालाई सम्बोधन गर्ने क्रममा अमेरिकाले अल बगदादीलाई समाप्त पारेको र फेरी अर्को नेता आएको र अहिले अमेरिकाको ध्यान तेस्रोमा रहेको ट्रम्पले बताए।

अल कुरैसीका बारेमा सार्वजनिक रूपमा धेरै जानकारी छैन। आईएसका पदानुक्रम छैन र त्यसका बाँकी शिर्ष नेताहरुका बारेमा अत्यन्त कम जानकारीमा छ।
ट्रम्पले उल्लेख गरेको दास्रो नेता अबु हसन अल मुहाजिर पनि हुन सक्छ।

उनी अल बगदादीको नजिकका सहायक थिए र सन् २०१६ देखि उक्त इस्लामिक संगठनका प्रवक्ता पनि थिए। अल बगदादीको मृत्यु पछि अमेरिका र कुर्दिश सेनाको संयुक्त अभियानमा उनी मारिएका थिए।

अर्को दास्रो ब्यक्ती फादिल अहमद ल हयाली पनि हुन सक्ने अनुमान गरिएको छ। उनी इराकमा अमेरिकी हवाई आक्रमणमा सन् २०१५ अगस्टमा मारिएका थिए।