नदी रक्ताम्य


सोल, (एजेन्सी)।

उत्तर र दक्षिण कोरियाको सीमा नजिकको एक नदी बंगुरको रगतका कारण पुरै रातो भएको जनाइएकोछ। दक्षिण कोरियामा अफ्रिकन स्वायट फिवर फैलिने खतरा उत्पन्न भएपछि प्रशासनले त्यसको रोकथामका लािग ४७ हजार बंगुर मार्न आदेश दिएको थियो।

तर भिषण बर्षाका कारण सीमा नजिकको डम्पिंग इलाकाबाट रगत बगेर नजिकको सानो नदि इमजिनमा मिल्न गएको थियो। जसले गर्दा पुरै नदी रातो देखिएको थियो।

अफ्रिकन स्वाइन फिवर अत्यन्त संक्रामक र उपचार हुन नसक्ने रोग हो, जुन सुंगुरलाई मात्र हुन्छ। यो संक्रमित सुंगर बच्ने संभावना रहन्न। यद्यपी यो मानवका लागि भने खतरा छैन।