१४औं महानगरीय प्रहरी दिवसको अवसरमा चेतनामूलक कार्यक्रम सम्पन्न


न्युज अफ नेपाल, ललितपुर ।

१४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सचेतनामूलक सांस्कृतिक तथा बैण्ड डिस्प्ले कार्यक्रम ललितपुरको मंगलबजारमा बुधबार सम्पन्न भएको छ । कार्यक्रममा विभिन्न सचेतनामूलक गीत, नृत्य तथा नेपाल प्रहरीको व्यान्डले कन्सर्ट प्रस्तुत गरेको थियो ।

महानगरीय प्रहरी परिसर ललितपुर तथा महानगरीय प्रहरी प्रभाग मंगलबजारको आयोजना र ललितपुर महानगरपालिका १६ वडा कार्यालयको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

उक्त कार्यक्रममा ललितपुर क्षेत्र नम्बर २ का प्रतिनिधि सभाका सदस्य कृष्णलाल महर्जन, प्रदेश नम्बर ३ का सांसद शोभा शाक्य, ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेय, महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक टेक प्रसाद राई, स्थानीय जनप्रतिनिधिहरु, विभिन्न विद्यालयका प्राध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, स्थानीय बासिन्दा लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।