हेभी इक्युपमेन्ट विकासका ‘संवाहक’, हेभी इक्युपमेन्टमा पुनः मोहनकुमार


मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रे हेभी इक्युपमेन्ट ब्यवसायी संघको तेश्रो जिल्ला अधिबेशन पुर्व मन्त्री महेश बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी बस्नेतले मुलुक निर्माणका लागि संवाहक मानिएका हेभी इक्युपमेन्टको सहि प्रयोग हुनु पर्ने बताउनु भयो ।

जिल्ला अध्यक्ष मोहनकुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोेल्दै प्रमुख अतिथी बस्नेतले मुलुक निर्माणको चरणमा रहेकाले हेभी इक्युपमेन्टको प्रयोगमा ब्यवसायीहरुको साथ र सहयोग आवश्यक रहेको बताउनु भयो । पुँजी र श्रमलाई नेपालमै सहि प्रयोग गर्ने हेभी इक्युपमेन्ट महत्वपूर्ण भएकाले ब्यवसायीहरुका समस्या समाधानका लागि सरकारसँग समन्वय गरी कार्य गर्ने उहाँले बताउनु भयो ।

कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष ताराबहादुर कुँवरले ब्यवासमा आशा भन्दा निराशा बढेको बताउनु भयो । ‘ब्यवसायीहरुलाई किस्ता बुझाउन कठिन छ’–अध्यक्ष कुँवरले भन्नु भयो–‘मुलुक निर्माणमा ब्यवसायीहरुलाई आशा भन्दा निराशा बढेको छ । सरकारले ब्यवसायी मैत्री कानुन निर्माण गरी कार्यान्वयनमा नल्याउने हो भने निर्माणको कार्य अगाडी बढ्न सक्दैन ।’

बरिष्ठ उपाध्यक्ष प्रेमलाल श्रेष्ठले नेपाललाई आवश्यक पर्ने भन्दा धेरै हेभी इक्युपमेन्ट भित्रिएकाले त्यसको सहि सदुपयोग हुन नसकेको बताउनु भयो । दक्ष जनशक्ति अभाव रहँदा पनि सरकारले सिटिईभीटी मार्फत उपलब्ध गराउनु पर्ने आवश्यक तालिमको अनुमति अझै हुन नसकेको महासचिव उमाकान्त शर्माले बताउनु भयो । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रममा प्रयोग गर्न नदिएको हेभी इक्युपमेन्ट ब्यवसायी विरोधी भएको महासचिव शर्माले बताउनु भयो ।

कार्यक्रममा कोषाध्यक्ष शुरेश खत्रीले ब्यवसायीहरुको समस्या समाधानमा संघ प्रतिवद्ध रहेको बताउनु भयो । ‘मुलुकभर ब्यवसायीहरुले गरेको कार्यको १० अर्ब भन्दा धेरै रकम भुक्तानी रोकिएको छ, विमामा समस्या छ’–कोषाध्यक्ष खत्रीले भन्नु भयो–‘सरकार ब्यवसायी मैत्री बन्न जरुरी छ । काम गर्दा पनि भुक्तानी नपाएर ब्यवसाय संकटमा परेको छ ।’

कार्यक्रममा प्रदेश नम्वर ३ का अध्यक्ष शुशिल थापा, प्रदेश ५ का अध्यक्ष बसन्त भुषाल, केन्द्रिय सदस्य यादवलाल श्रेष्ठ, निर्माण ब्यवसायी महासंघ काभ्रेका अध्यक्ष उपेन्द्र घिसिङ, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतले हेभी इक्युपमेन्ट ब्यवसायीका समस्याहरुको समाधानका लागि संघ शशक्त हुनु पर्ने सुझाव दिनु भएको थियो ।

देशभर जनप्रतिनिधिहरुले हेभी इक्युपमेन्ट खरिद गरी सिण्डिकेट समेत लागु गरी नागरिकलाई स्वस्थ प्रतिस्पर्धा गर्न नदिएको सहभागिहरुले बताउनु भयो ।

अधिबेशनको बन्द सत्रले नमोबुद्ध ७ का मोहनकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्विरोध निर्वाचित गरेको छ । समितिमा उपाध्यक्ष मण्डनदेउपुर ७ का प्रभुराम श्रेष्ठ, सचिव पनौती ७ का रामशंकर कर्माचार्य, उप सचिव नमोबुद्ध ३ का गोकुल भुर्तेल र कोषाध्यक्षमा पाँचखाल ४ का धरसमान तामाङ निर्वाचित हुनु भएको छ । त्यस्तै सदस्यहरुमा पनौती ४ का रामहरी भण्डारी, नमोबुद्ध ४ का माधवप्रसाद कँडेल, मण्डन ७ का कुमार तामाङ र बनेपा ८ का निरज प्रजापति रहनु भएको छ ।