समाचार प्रभावः भोकै विद्यालय जाने बालबालिकालाई घरमै पु्र्याइयो खाद्यान्न


सीताराम अधिकारी, धादिङ ।

विचल्लीमा परेका बालबालिका र प्यारालाइृसिस भएका आमाको लागि प्रयास नेपालका कार्यकारी निर्देशक दामाेदर अर्यालले खाद्यान्न वितरण गर्नुभएको छ ।

नीलकण्ठ नगरपालिका–१२ आँगेटारीका विचल्लीमा परेका तीन बालबालिका र प्यारालाइृसिस भएका आमाको लागि बुधबार प्रयास नेपालका कार्यकारी निर्देशकले दुईबोरा चामल, कापी कलम, दाल, तेल लगायतका सामाग्री वितरण गर्नुभएको हो ।

जन्मदिनकोको दिन आफूले केक काट्नुसट्टा यसरी सहयोग गर्न पाउँदा खुसी हुँदै अर्यालले बालबालिका दुखी भएको आफूले सहनै नसक्ने बताउनुभयो ।
नेपाल समाचारपत्रमा कात्तिक २७ गते र न्यूज अफ नेपालमा २६ गे यस सम्बन्धी समाचार प्रकाशन भएपछि उहाँ घरमै पुगेर सहयोग गर्नु भएको हो ।

ज्यालामजदुरी गरेर परिवार पालिरहेका यमबहादुर थापामगरले कात्तिक २० गते झण्डीएर आत्महत्या गरे । उनकी श्रीमती लक्ष्मी थापामगर तिन वर्षदेखि प्यारालाईसिस भएर दिसापिसाव एकैठाउँमा हुनेगरि सुतिरहनुभएको छ ।

हाल लक्ष्मीको स्याहार ७ वर्षीया सोममायाँ थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीया करिना थापामगरले गर्दै आएका छन् ।

साङकोस माविको कक्षा ३ मा सोममायाँ, कक्षा ५ मा काजी र कक्षा ७ मा करिना अध्यायनरत हुनुहुन्छ ।

तिन बालबालिका बाबुको मृत्युपछि भने भोकभोकै विद्यालय जान थालेपछि विद्यालयले आर्थिक संकलन समे गरेको छ । विद्यालयमा कोष निर्माण गरि उनिहरुलाई आवस्यक परेको सामाग्री किनिदिने व्यवस्थापन मिलाएका शिक्षक रामप्रसाद लामिछानेले बताउनुभयो ।

भूकम्पले भत्किएको घर समेत बनाउँन नसक्दा उनिहरु बाँसले बारेको छाप्रोमा बसीरहेका छन् । ती बालबालीकालाई धालिङ बाेर्डिङ स्कुलका शिक्षक तथा विद्यार्थीहरूले नगद  २० हजार उपलब्ध गराएका छन् ।