भेरी नगरपालिका आगामी जेठमा जातिय भेदभाव मुक्त घोषणा हुदै


बासुदेव शर्मा, जाजरकोट ।

जाजरकोट भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातिय भेदभाव तथा छुवाछुत मुक्त नगर घोषणा गर्ने भएको छ । भेरी नगरपालिकाको नगर सभाले पास गरेको निर्णयलाई आगामी जेठ २१ गते जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्ने भएको छ ।

जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागी भेरी नगरपालिकाले करिव तिन दर्जन भन्दा वढी सामाजिक अभियान्ताहरुलाई तयारीको लागी कार्यशाला गोष्ठी गरेको छ । समाजमा रहेको जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागी रणनैतिक योजना निर्माण गरिएको छ ।

अधिबक्ता इमान बहादुर सुनार, सन्तोष भण्डारीले समाजमा विद्धयमान वन्दै गएको जातिय भेदभाव तथा छुवाछुत अन्त्यका लागी करिव तिन दर्जन बढी सामाजिक अभियान्ताहरुलाई तालिम दिनुका साथै रणनैतिक योजना निर्माण गरिएको छ ।

जातिय भेदभाव तथा छुवाछुत सम्वन्धि सवाल पहिचान, जातिय भेदभाव तथा छुवाछुत मुक्त नगर घोषणाका लागी सुचक,संचालन गरिने क्रियाकलापहरु निर्माण गरेको छ । भेरी नगरपालिकाका १३ वटै वडाबाट सहभागी भएका सामाजिक अभियान्ताहरुलाई जातिय छुवाछुत तथा भेदभाव सम्वन्धि नेपालको कानुनमा भएका कानुनी व्यवस्थाका विषयमा अधिबक्ता इमान सुनार र सन्तोष भण्डारीले सहभागीहरुलाई जानकारी गराउनु भएको थियो ।

सरोकारवाला व्यक्तिहरु लगाएत सामाजिक अभियान्ताहरुलाई जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले नेपाल सरकारको योजना कार्यान्वयन सफल वनाउन समाजमा जरा गारेर बसेको जातिय छुवाछुत तथा भेदभावलाई अन्त्यका लागी पहल गर्ने वताउनु भयो ।

भेरी नगरपालिकाका नगर प्रमुख चन्द्र प्रकास घर्तिले अभियानलाई नगरपालिका भित्रका सवै टोल टोल वस्ती वस्तीमा पुरयाउन सामाजिक अभियान्ता लगाएत सरोकारवालाहरुलाई आग्रह गर्नु भयो ।

जातिय छुवाछुत तथा भेदभाव अन्त्य गर्नको लागी नगरपालिकाले अल्पकालिन मध्यकालीन र दिर्धकालीन योजना वनाएर अगाडी वढ्ने वताउदै नेपाल सरकारले २०६३ साल जेठमा छुवाछुत मुक्त नेपाल घोषणा गरिसकेकोले नेपाल सरकारको राष्टिय अभियानलाई सफल बनाउन भेरी नगरपालिकाले आगामी जेठ २१ गते जातिय छुवाछुत तथा भेदभाव मुक्त नगर घोषणा गर्न लागेको निमित्त प्रमुख प्रशासकिय अधिकृत दल वहादुर घर्तिले वताउनु भयो ।

तत्कालीन जिल्ला विकास समिति जाजरकोटको जिल्ला परिषदको आर्थिक वर्ष ०६७।०६८ को बार्षिक नीति तथा कार्यक्रममा २०७६ सालमा जाजरकोट जिल्लालाई जातिय छुवाछुत तथा भेदभाव मुक्त जिल्ला घोषणा गर्ने निर्णय गरेको वताउदै जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख मन बहादुर रावलले सवै पाािलका अभियान संचालन हुनु पर्ने वताउनु भयो । जिल्लामै जातिय छुवाछुत तथा भेदभाव मुक्त भेरी नगरपालिका हुन लागेकोले प्रमुख रावलले खुसी व्यक्त गर्नु भयो ।