रामेछाप उपनिर्वाचनः वडाध्यक्ष पदमा चार जनाको उम्मेद्धारी दर्ता, मुख्य प्रतिस्पर्धामा नेकपा र काग्रेस


रामचन्द्र वि.क., रामेछाप ।

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ प्रितिमा आगामी मंसिर १४ गते हुने वडाध्यक्ष पदको उपचुनाबका लागि चार जनाले उम्मेद्धारी दर्ता गराएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालय उमाकुण्ड गाउँपालिकामा चारै जनाले उम्मेद्धारी दर्ता गराएका हुन् ।

वडाध्यक्ष पदको लागि नेकपाबाट कुल बहादु बस्नेत, नेपाली काग्रेसबाट सावित्री सुनुवार, समाजबादी पार्टीबाट राजकुमार सुनुवार र राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट हर्क बहादुर तामाङ रहेका छन् ।

निर्धाति समयमै चारै जनाले उम्मेद्धारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उमाकुण्डले बताएको छ । वडामा एक हजार सात सय ४९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय रामेछापले जनाएको छ ।

यस अघि नेकपाले जितेको उमाकुण्ड गाउँपालिका वडा नम्बर ५ मा उपनिर्वाचनमा पनि नेकपा र नेपाली काग्रेस बीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।