ईश्वरराज ढकाल
शिक्षा, विज्ञान तथा प्रविधि गिरिराजमणि पोखरेलले शिक्षा मन्त्रालयको जिम्मेवारी सम्हालेको करिब २० महिनामा मन्त्रालयले गरेका उपलब्धि सार्वजनिक गर्नुभएको छ। मन्त्रिपरिषद्ले पारित गरेको शिक्षा नीति सार्वजनिक गर्न भन्दै आयोजित पत्रकार सम्मेलनमा उहाँले दोस्रो पटक ३६ बँुदे उपलब्धि सार्वजनिक गर्नुभएको हो।
गएको बिहीबार सरकारले मन्त्रिपरिषद्को बैठकको निर्णय सार्वजनिक गर्नुअघि मन्त्री पोखरेलले नीतिका २१ मुख्य बुँदा सार्वजनिक गर्नुभएको थियो। नीतिको मुख्य दस्तावेज गोप्य राखेर बुँदागतरूपमा मात्रै सार्वजनिक गरिएको नीति हालसम्म सार्वजनिक हुन सकेको छैन। मन्त्री पोखरेलले केही व्याकरण संसोधन गरेर नीति सार्वजनिक हुने बताउनुभएको छ।
नीति सार्वजनिक नभएपछि निजी विद्यालयका दुई संस्था प्याब्सन र राष्ट्रिय प्याब्सनलगायत निकायले कडा आपत्ती जनाएका छन्। कतिपय निकायले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन जस्तै नीति पनि गोप्य राखेको आरोप लगाएका छन्। तर मन्त्री पोखरेललेले केही दिनमै नीति सार्वजनिक हुने बताउँदै आउनुभएको छ।
सार्वजनिक गरिएको नीतिलाई मन्त्री पोखरेलले मुख्य उपलब्धिको रूपमा लिनुभएको छ। कतिपय हुन बाँकी कामलाई समेत उपलब्धिको बुँदामा
समेट्नुभएको छ।
काम कम कुरा बढी गर्ने मन्त्रीको रूपमा दर्ज हुनुभएका मन्त्री पोखरेलले सार्वजनिक गर्नुभएको उपलब्धि कार्यान्वयन हुन
सकेको छैन।अनिवार्य र निःशुल्क शिक्षा ऐन पारित भए पनि लागू हुन सकेको छैन।
छलफलका लागि पेस भएका केही विषयको टुङ्गो नलाग्दै उपलब्धि भएको उल्लेख गर्नुभएको छ।शिक्षक दरबन्दीको काम भएको छैन। विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ स्वीकृत भएको भनिए पनि सार्वजनिक भएको छैन।
पहिलो पटक गएको चैतमा सार्वजनिक गर्नुभएका उपलब्धिका बुँदामध्ये अधिकांश कार्यान्वयन भएका छैनन्। उहाँले सार्वजनिक गर्नुभएको शिक्षा र विज्ञानका उपलब्धि निम्न छन्।
करिब २७ हजार शिक्षकको छनोट गरी पदस्थापन गर्ने कार्य सम्पन्न हुने क्रममा छ। नेपालको इतिहासमा यो ज्यादै ठूलो उपलब्धि हो जसबाट विद्यालयमा स्थायी शिक्षकको आपूर्ति गरी पठनपाठनमा सहजता ल्याउने विश्वास लिइएको छ।
१. नेपालको इतिहासमा पहिलो पटक राष्ट्रिय शिक्षा नीति, २०७६ जारी भएको छ। खण्डीकृत नीति होइन अब हामीसँग शिक्षा क्षेत्रका समग्र विषय समेटिएको नीति तर्जुमा भएको छ।
२. विज्ञान प्रविधि तथा नवप्रवर्तन नीति,२०७६ तर्जुमा गरिएको छ।
३. नेपाल सरकार (मन्त्रीपरिषद्)बाट गठित उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग गठन भई उक्त आयोगले शिक्षासम्बन्धी अध्ययन तथा अनुसन्धानका आधारमा आफ्नो प्रतिवेदन सम्माननीय प्रधानमन्त्री समक्ष पेस गरिसकेको छ।
४. अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५ निर्माण गरी कार्यान्वयनमा ल्याइएको छ।
५. राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ जारी भई कार्यान्वयनमा रहेको छ। उक्त ऐनमा व्यवस्था भएबमोजिम चिकित्सा शिक्षा आयोग गठन भइसकेको छ।
६. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय विधेयक, २०७६ संघीय संसद्को सामाजिक समितिमा छलफलको क्रममा रहेको छ।
७. योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ संघीय संसदमा दर्ता गर्न मन्त्रीपरिषद्बाट निर्णय भइसकेको छ।
८. पारमाणविक तथा रेडियोधर्मी पदार्थको शान्तिपूर्ण प्रयोगसम्बन्धी विधेयक संघीय संसद्को शिक्षा तथा स्वास्थ्य समितिमा छलफलको क्रममा रहेको छ।
९. मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय पूर्वाधार विकास समिति गठन आदेश जारी भई पूर्वाधार विकासको काम भइरहेको छ।
१०. पारमाणविक विज्ञान तथा प्रविधि सम्बन्धी अनुसन्धान, विकास र तालिमका लागि क्षेत्रीय सहयोग सम्झौता, २०१७ संघीय संसदबाट अनुमोदन भएको छ।
११. राष्ट्रिय शिक्षा विधेयक, उच्च शिक्षा विधेयक र प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम विधेयकको प्रारम्भिक मस्यौदा तयार भएको छ। नीतिको आधारमा यिनीहरूलाई अन्तिम रूप दिने कार्य तिव्रगतिमा अघि बढाइनेछ।
१२. नेपाल सरकार (मसन्त्रपरिषद्)बाट गठन भएको जनशक्ति प्रक्षेपण तथा मानवस्रोत विकास योजना तर्जुमा निर्देशक समिति र कार्यदलले व्यापक अध्ययन गरी नेपाललाई आवश्यक विभिन्न विधागत जनशक्ति प्रक्षेपणसहितको प्रतिवेदन सम्माननीय प्रधानमन्त्री समक्ष पेस गरिसकेको छ।
१३. नेपाल सरकार (मसन्त्रपरिषद्)बाट गठन भएको शिक्षक दरबन्दी मिलान तथा पुनर्वितरण कार्यदलको सुझाबसमेतका आधारमा शिक्षक दरबन्दी पुनर्वितरणका लागि आधारहरू मन्त्रीपरिषद्बाट निर्णय भइसकेको र सोका आधारमा दरबन्दी पुनर्वितरणको कार्य केही दिनभित्रै शुरू गर्न लागिएको छ।
१४. विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यव्रmम प्रारूप, २०७६ स्वीकृत भई कार्यान्वयनमा ल्याइएको छ। यसका आधारमा विद्यालय शिक्षाको पाठ्यव्रmममा सुधार गर्ने कार्य तिव्रगतिमा अघि बढाइएको छ।
आधारभूत तहको कक्षा १ देखि ३ सम्मको एकिकृत पाठ्यक्रम विकास गरी परीक्षणमा लगिएको छ। आधारभूत तहको कक्षा ८ सम्म नै रंगीन पाठ्यपुस्तक व्यवस्था गरिएको छ।
१५. शिक्षक सेवा आयोग नियमावली, २०५७ को दशौं संशोधन गरिएको छ। शिक्षक सेवा प्रवेश परीक्षाको पूर्णांक सय बाट बढाएर २ सय बनाइएको र प्रथम पत्रको सामान्य परीक्षामा उत्तीर्णांक ५० कायम गरिएको छ।
यस व्यवस्थाले क्षमतावान र योग्य व्यक्तिहरू शिक्षण पेसामा प्रवेश गराउन सकिने र गुणस्तरीय शिक्षाका लागि एउटा महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास लिइएको छ।
१६. अध्यापन अनुमतिपत्रको परीक्षाका सम्बन्धमा विषयगत अध्यापन अनुमतिपत्र दिने व्यवस्थाको शुरूआत गरिएको छ।
१७. विद्यार्थीहरूको उत्तरपुस्तिका पुनःपरीक्षण कार्यविधि, २०७५ निर्माण भई कार्यान्वयनमा छ। विद्यार्थी मूल्यांकनलाई वस्तुनिष्ठ र विश्वसनीय बनाउन र उत्तरपुस्तिका परीक्षक, समपरीक्षक र परीक्षा व्यवस्थापकलाई थप जिम्मेवार एवम् संवेदनशील बनाउन यसले महत्वपूर्ण भूमिका खेलेको यहाँहरूलाई जानकारी गराउँछु।
१८. हरित विद्यालय कायक्रम कार्यान्वयन निर्देशिका, २०७५ स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ। एक विद्यालय एक बगंैचा र एक विद्यार्थी एक बिरुवा भन्ने नाराका साथ वातावरणमैत्री बनाउने अभियान कार्यान्वयनमा छ।
१९. प्राविधिक तथा व्यावसायिक शिक्षाको व्यापक विस्तार गर्ने नीतिअनुरूप प्राविधिक शिक्षालय तथा कार्यक्रमको विस्तार गरिएको छ। हालसम्म ५ सय ९१ स्थानीय तहमा प्राविधिक शिक्षाका कायक्रम पुर्याइसकिएको र बाँकीमा चालू आर्थिक वर्षमा नै पुर्याउने गरी कार्य भइरहेको छ।
सातै प्रदेशमा नमुना बहुप्राविधिक शिक्षालय घोषणा गरी निर्माण कार्य तीव्रगतिमा अघि बढाइएको छ। १ सय ५० ओटा विद्यालयमा कक्षा ९–१२ को प्राविधिक धारका कार्यक्रम थप गरी कुल ४ सय ३४ विद्यालयमा यो कार्यक्रम पुगेको छ।
२०. करिब २७ हजार शिक्षकको छनोट गरी पदस्थापन गर्ने कार्य सम्पन्न हुने क्रममा छ। नेपालको इतिहासमा यो ज्यादै ठूलो उपलब्धि हो जसबाट विद्यालयमा स्थायी शिक्षकको आपूर्ति गरी पठनपाठनमा सहजता ल्याउने विश्वास लिइएको छ।
२१. शिक्षक सेवा आयोगको आन्तरिक प्रतियोगितामा असफल भएका र परीक्षा आवेदन नै नगरेका करिब ९ हजार ९ सय ५७ जना अस्थायी शिक्षकलाई सुविधासहित अवकास दिइएको छ।
२२. हालसम्म ५१ जिल्ला साक्षर जिल्ला घोषणा भइसकेका छन्। चालू आर्थिक वर्षभित्र कम्तीमा ७० ओटा जिल्लालाई साक्षर घोषणा गर्ने गरी कार्यव्रmम सञ्चालन भइरहेका छन्।
२३. विसं २०७६ देखि ८५ सम्मका लागि सार्वजनिक विद्यालय सवलीकरण दशक घोषणा गरिएको छ। सार्वजनिक विद्यालय सवलीकरणका लागि नीति कार्यक्रम तर्जुमा, राष्ट्रिय र प्रादेशिकस्तरमा शैक्षिक सम्मेलन आयोजना गरी यसलाई जनस्तरमा पुर्याउने कार्य गरिएको छ।
२४. दिगो विकास लक्ष्य–४ को नेपाल राष्ट्रिय प्रारूप तयार भई स्वीकृतिको क्रममा रहेको छ।
२५. राष्ट्रिय योग्यता प्रारूप तयार भई स्वीकृतिका लागि नेपाल सरकार मन्त्रीपरिषद्मा पेस गरिएको छ।
२६. अपांता भएका बालबालिकाका शिक्षाका लागि सातै प्रदेशमा एक एक ओटा नमुना विशेष विद्यालय स्थापनाका लागि कार्यारम्भ गरिएको छ।
२७. नेपालको आफ्नै न्यानो स्याटेलाइट् अन्तरिक्षमा प्रक्षेपण गरिएको छ।
२८. विज्ञान संग्रहालयको औपचारिक उद्घाटन गरी सञ्चालनमा ल्याइएको छ।
२९.चालीस देशका शिक्षा मन्त्रीसहितको उपस्थितिमा अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा सम्पन्न गरिएको छ।
३०. सार्कका शिक्षा मन्त्रीको माल्दिभ्समा भएको तेस्रो सम्मेलनबाट आगामी सम्मेलन नेपालमा आयोजना गर्ने गरी तय गरिएको छ।
३१. नेपालमा प्रथम पटक युवा वैज्ञानिक सम्मेलन सम्पन्न गरिएको छ।
३२. राष्ट्रिय योग अभ्यास प्रोटोकल निर्माण गरिएको छ। प्राविधिक शिक्षातर्फ योग, आयुर्वेद, प्राकृतिक चिकित्सा र जडिबुटी विषयको पाठ्यक्रम गरिएको छ।
३३. बुटवल र बर्दिबास मेडिकल कलेजको गुरुयोजना तयार भएको छ।
३४. स्वास्थ्य शिक्षातर्फ ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिएको र सोको कार्यान्वयनका लागि मन्त्रालयबाट द्रुतगतिमा काम भइरहेको छ।
३५. राष्ट्रिय पुस्तक नीति, २०७६ तयार गरी स्वीकृतिका लागि नेपाल सरकार (मन्त्रीपरिषद्)मा पेस भएको छ।
३६. नेपाल राष्ट्रिय पुस्तकालयको लागि जग्गा व्यवस्थापन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको छ।
प्रतिक्रिया