मोदीलाई पत्र लेख्दै डा. केसीद्वारा अनशन स्थगित

0
Shares

राम धामी, डडेल्धुरा

चिकित्सा क्षेत्रको सुधार र डडेल्धुरा/डोटीमा मेडिकल कलेज स्थापनाको मागसहित नौ दिनदेखि १७ औं पटक आमरण अनशनरत डा. गोविन्द केसीले मंगलबार अनशन स्थगित गर्नुभएको छ।

मंगलबार साँझ आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपाल र भारतबीच सीमा विवाद रहेकाले आफूले अनशन स्थगित गरेको बताउनुभयो।अनशनभन्दा राष्ट्रको सीमा सुरक्षा पहिलो प्राथमिकता भएकाले अनशन रोकको उहाँद्वारा पत्रकार सम्मेलनमा जारी विज्ञप्तिमा उल्लेख छ।

नेपालको लिम्पियाधुरालाई भारतले आफ्नो नयाँ नक्सामा राखेपछि अरू नेपालीजस्तै आफू पनि स्तब्ध भएकाले सीमा विवाद समाधान भएपछि आफ्नो मागको आन्दोलन शुरू गर्ने बताउँदै विज्ञप्तिमा आफूले अनशन गरिरहेकै सुदूरपश्चिम प्रदेशकै सीमाक्षेत्र भारतले एकतर्फी रूपमा नयाँ नक्सा निकाली मिच्ने प्रयास गरेपछि सारा नेपालीहरूले उठान गरेको मागलाई समर्थन गर्दै अनशन स्थगित गरिएको जनाइएको छ।

यसैबीच सीमा विवादवारे डा. केसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै खुला पत्र पठाउनुभएको छ।