फिलिपिन्समा सुरक्षाकर्मी र विद्रोही समूहबीच भएको झडपमा छको मृत्यु, २० घाइते   


मनिला ।

फिलिपिन्समा सोमबार भएको भिडन्तमा परी कम्तीमा छ जनाको मृत्यु भएको छ ।

घटनामा परी अरु २० भन्दाबढी घाइते भएको प्रहरी अधिकारीले मङ्गलबार जानकारी दिएका छन् ।

फिलिपिन्सको सरकारी सुरक्षाकर्मी र विद्रोही समूहबीचमा पूर्वीसामर प्रान्तमा भीडन्त भएको बताइएको छ ।

स्थानीय समयअनुसार सोमबार बेलुकी ५ बजेतिर झण्डै ३० मिनेट झडप भएको अधिकारीले बताएका छन् ।

घटनाका बारेमा फिलिपिन्सको सेनाले भने अहिलेसम्म केही प्रतिक्रिया दिएको छैन । राष्ट्रपति रोड्रिगो डुटेर्तेले विद्रोही विरुद्धको कारबाही अझ शसक्त बनाउन निर्देशन दिनुभएको छ ।

फिलिपिन्समा सन् १९६९ देखि विद्रोह गर्दै आएको एनपिएलाई उहाँले सन् २०२२ सम्ममा अन्त्य गर्ने अठोट लिनुभएको छ ।

रासस/सिन्ह्वा