एसियन एमच्योर चेसमा पाँच खेलाडी शिर्ष स्थानमा  


उजोल डंगोल, काठमाडौँ ।

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीप रोमाञ्चक मोडमा पुगेका छन् । पाँच चरणको समाप्तीमा पाँच जना खेलाडी ४.५ अंक सहित संयुक्त शिर्ष स्थानमा रहेका छन् ।

नेपालका सजिन मर्हजन, रिजेन्द्र राजभण्डारी,प्रकास नेपाल र कृष्ण थापाको साथमा भारतका सुमित ग्रोभर शिर्ष स्थानमा रहेका छन् । चौथो चरणसम्म अग्रता कायम गरेका रिजेन्द्र र सजिन विच पाचौ चरणमा बराबरी भयो भने प्रकास नेपालले सुरविर लामा,सुमितले भारतकै सुभम शुक्ला र कृष्णले निकेन कुसाथालाई हराए ।

यसैगरी, नेपालका पुरुषोत्तम चौलागाइ र सुश्रुत दाहालको साथमा भारतका आर्नभ कुशहवा,पाकिस्तानका मोहम्मद सहजाद र मलेसियाका इसाक अहुफीजुलको चार अंक छ ।

सुश्रुतले सुरोज मर्हजन,पुरुषोत्तमले काजकस्तानका गब्दुसेभ अमार्न तथा इसाकले आफ्नै देशका ली सोइ हकलाई हराए । साहजादले इरानका अल्भीर मिर मोहम्मदलाई हराए । भारतका युवा खेलाडी आर्नभले नेपालका प्रेमकृष्ण मर्हजनसंगको खेलमा जित हात पारे ।

१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।

प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् ।

आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् । प्रतियोगिता स्वीस लिगको आधारमा नौ चरणको हुने छ ।

तस्वीरः उजोल डंगोल