शिक्षामन्त्रालयद्धारा नयाँ शिक्षक नियुक्ति र सरुवामा रोक


न्युज अफ नेपाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नयाँ शिक्षक नियुक्तिमा रोकेको छ । शिक्षक सेवा आयोगले शिक्षक समायोजनको काम गरिरहेकाले शिक्षक नियुक्ति र अन्तर जिल्ला सरुवामा रोकेको हो ।

मन्त्रालयले सूचना निकालेर सरुवा, नियुक्ति र अस्थायी वा करारमा शिक्षक नराख्न स्थानीय तहलाई आग्रह गरेको हो । शिक्षा सेवा आयोगबाट सिफारिस भई नयाँ शिक्षक नियुक्ति र पदस्थापना नसकुन्जेल शिक्षक नियुक्ति र सरुवा नगर्ने जनाएको हो ।

मन्त्रालयले जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइलाई पत्र लेख्दै विद्यार्थी संख्या धेरै भएका विद्यालयमा पनि समायोजनबाटै आवश्यक संख्यामा शिक्षक पठाउने भन्दै नराख्न आग्रह गरेको मन्त्रालयको भनाइ छ ।