वडाध्यक्ष हौजाली पक्राउ


न्युज अफ नेपाल, कैलाली ।

कैलालीको मोहन्याल गाउँपालिकाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोहन्याल गाउँपालिका–५ का वडाध्यक्ष छविलाल हौजाली पक्राउ परेका हुन् ।

कार्यालय सहयोगी तुलसरा सिजालीलाई निर्घात कुटपिट गरेको आरोपमा छविलाल पक्राउ परेका हुन् ।

पीडित महिलाले वडाध्यक्ष छविलालले आफूमाथि निर्घात कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय सुखडमा उजुरी दिएपछि उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।