द्धन्द्धमा मारिएका पत्रकारको नाममा पुरस्कार


कालीबहादुर मल्ल, कालिकोट ।

नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले विगत द्धन्द्धमा ज्यान गुमाएका कालिकोटका पत्रकार नवराज शर्माको नाममा पुरस्कारको स्थापना गर्ने वताउनु भएको छ ।

नेपाल पत्रकार महासंघको समन्वय तथा प्रेस काउन्सिल नेपालको आयोजनामा मंगलबार कालिकोट जिल्ला सदरमुकाम खाँडाचक्रमा आयोजित पत्रकार आचारसहितःसंवाद र सार्वजनिक सुनुवाई कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष आचार्यले पत्रकार शर्माको सम्झनामा राष्ट्रिय स्तरको पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभएको हो ।

कार्यक्रममा महासंघका पूर्व अध्यक्ष सुरेश आचार्यले पत्रकार आचारसहिता पत्रकारको नैतिक वन्धन भएकाले यसको कार्यान्वयन गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै प्रेस काउन्सिल नेपालका सदस्य खिलावहादु भण्डारीले पत्रकारहरुले व्याक्तगत स्वार्थभन्दा माथि उठेर कामम गनु पर्ने वताउनु भयो ।

महासंघ जिल्ला शाखाका अध्यक्ष तुलाराम पाण्डेको अध्यक्षतामा सञ्चालित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी,प्रहरी प्रमुख,जिल्लाका नागरिक समाज,पत्रकार, राजनीति दलहरुको सहभागिता रहेको थियो ।