बाबुको गरिवीले आत्महत्या आमा प्यारालाइसिस भएपछि तीन बच्चा बिचल्लीमा

28
Shares

सीताराम अधिकारी,धादिङ । 

ओछ्यानमा थला परेको एक वर्ष भयो । तिन वर्षदेखि प्यारालाइृसिस भएपछि नीलकण्ठ नगरपालिका –१२ आँगेटारीका ३३ वर्षीया लक्ष्मी थापा मगर दिसापिसाव एकै ठाउँमा भएको छ । उनका श्रीमान यमबहादुरले उपचारका लागि घरखे सके तर उपचार भएन ।

लक्ष्मीको स्याहार ७ वर्षीया सोममायाँ थापामगर, १० वर्षीय काजी थापामगर र १२ वर्षीया करिना थापामगरले गर्दै आएका छन् ।

बिहान उठेपछि ओछ्यान परेकी आमालाई गिलो भात बनाएर खुवाउने र आमाले सुरुवालमा गरेको दिसापिसाव धोइदिने गर्छन् । लक्ष्मीको तिन वर्षदेखि प्यारालाईसिस भएर शरिर नचल्ने भएपछि बोल्न समेत नसक्ने अवस्थामा रहेको र परिवारको सबै बोझ करिनाको काँधमा आएको साङकोष माविका शिक्षक रामप्रसाद लामीछानेले बताए ।

उनिहरका बाबु ३१ वर्षीया यमबहादुर थापामगरले ०७६ कात्तिक २० गते घरसंगैको रुखमा पासो लगाएर आत्महत्या गरे ।

तिन बालबालिकाका बाबु यमबहादुररले ज्यालामजदुरी गरेर परिवार पालिरहेका थिए । पत्निको उपचारका घर खेत बेचे तर उपचार भएन पत्नि बोल्न नसक्ने अवस्थामा एउटै थलामा परेपछि यमबहादुरले जिवनदेखि हार खाएर गरिवीका कारण मृत्यु  भएको अर्का शिक्षक युवराज रिजालले बताए ।

यमबहादुरले बाच्ने आशा देखेनन् । बच्चा तिनजनालाई कसरी हुर्काउने भन्ने चिन्ता थपियो । डिप्रेसनको औषधी खाइरहेका यमबहादुरउपचार अभावमा र गरिवीले गर्दा मर्न बाध्य भए ।

स्वास्थ्य र खाद्य अधिकार मौलिकहकमा व्यवस्था गरेर सरकारले गरिवीका कारण उपचार अभावमा कोही मर्नु पर्दैन भनेपनि यो परिवारलाई भने मौलिक हकले छुन पनि सकेन ।

साङकोस माविको कक्षा ३ मा सोममायाँ, कक्षा ५ मा काजी र कक्षा ७ मा करिना अध्यायनरत तिन बालबालिका बाबुको मृत्युपछि भने भोकभोकै विद्यालय जान थालेका छन् । विद्यालयले उनिहरुलाई खानेकुरा किन्ने व्यवस्थाका लागि रकम संकलन गरेको शिक्षक रामप्रसादको भनाइ छ ।

घरमा खानेकुरा सकिएपछि उनिहरु थोरै खोले आमालाई खुवाएर तिन विद्यार्थी भोकै विद्यालय गएको शिक्षकहरुले थाहापाएपछि विद्यालयमा ०७६ कात्तिक २६ गते चन्दा संकलन गरेर चामल किनिदिन लागएिको छ ।

जिल्लामा बालबालिकाका लागि काम गर्ने थुप्रै संस्थाहरु भएपनि उनिहरुका लागि पुग्न सकेको छैन । स्थानीय तहको सरकार नीलकण्ठ नगरपालिका १२ नम्बर वडाअध्यक्ष बाबुराम लम्सालले जनजाती शिर्षकको केही रकम सहयोग गर्न आफूले नगरपालिकामा कुरा गरेको बताए ।