नगरबस संचालन गर्ने रुकुमको पहिलो स्थानीय तह बन्यो चौरजहारी

0
Shares

न्युज अफ नेपाल. रुकुम। 

देश संघियतामा गए संगै खानेपानी सडक विद्युत शिक्षा स्वाथ्य लगाएत पुर्वाधार विकासको क्षेत्रमा तिव्र गतिमा काम गरीरहेको चौरजहारी नगरपालिकाले यस पटक नगरवासीको आवाश्यकतालाई ध्यानमा राखी सहुलिएत भाडा दरमा नगर वस सेवा संचालनमा ल्याएको छ ।

रुकुम सल्यान र जाजरकोट जिल्लाको त्रिवेणी नगरको रुपमा अवस्थित चौरजहारी नगरपालिकाले नगर वासीहरुको लागी एक पछि अर्काे सफल्ता हाँसिल गर्दै गईरहेको छ ।

१४ वटै वडा सडक संजालले जोडि सकेपछि नगरले सहुलिएत भाडदरमा नगरवस सेवा संचालनमा ल्याएको हो ।

चौरजहारी नगरवासीहरुलाई यातायातको पहुँचमा पुरयाउनको लागी नगर वस सेवा संचालनमा ल्याएको हो । नगरपालिका भित्र पर्ने १४ वटै वडाका स्थानीय वासीहरुले नगर वस संचालनमा आए संगै सहज रुपमा सेवा लिने विश्वास गरीएको छ ।

जिल्लाको दोस्रो व्यापारीक थलोका रुपमा चिनिने चौरजहारीमा ३ वटा वस संचालनमा आएका छन । चर्काे शुल्कमा अटो र निजि वसको भाडा तिर्दै आईरहेका यात्रुहरुले सरकारी वस सेवा संचालनमा आएपछि खुसि व्यक्त गरेका छन ।

स्थानीय ओपेन्द्र वि.सीले नगरपालिकाले नगरबासिको सहजताका लागी स्रहानिय काम गरेको बताउनुभयो । नगर बस संचालनमा आए संगै नगरवासीलाई कार्यालयको काम, समान किनमेलको लागी जिल्लाको दोस्रो व्यापारीक केन्द्र चौरजहारी बजार लगायतका ठाउँमा आवतजावत गर्न सहज हुने छ ।

नगरपालिकाले रु ९२ लाख १५ हजारमा तीन वटा बस खरिद गरेको वताईएको छ । नगरले दुई वटा ठुला बस एक वटा मिन वस खरिद गरेको हो ।

नगरका दुर दराज एवम विकट भेगमा वसोवास गर्ने समुदायलाई यातायातको असहजताको महसुस नहोस भन्ने ध्ययका साथ वस खरिद गरी संचालनमा ल्याईएको नगर उप प्रमुख राधा रोकाले वताउनुभयो ।

नगरले खरिद गरीएका उक्त वस चौरजहारी भ्याली ,चौरजहारी खोलागाउँ नुवाकोट, र चौरजहारी कोटजहारीको सडक खण्डमा संचालन हुने छन ।

चौरजहारी वजार र ग्रामीन सडक अन्तरगत ९५ किलोमिटर सडक खण्डमा संचालन हुने नगर वसको भाडा दर रु २० देखि रु २ सय सम्म कायम गरीएको छ ।

कर्णाली प्रदेशमा सवै भन्दा पहिले सरकारी नगरवस सचालन गर्न सफल चौरजहारी नगरले १४ वटै वडामा सडक वाटो पुरयाएको छ । आगामी दिनहरुमा नयाँ सडक ट्रयाक ओेपनको काम नगर्ने र पहिलेका सडकलाई स्तरोउन्नोती गर्ने नगरको योजना छ ।

यात्रुहरुलाई मनोरन्जनको लागी तीन वटै वसमा एलईडी टिभि जडान गरीएको छ । भने वसमा यात्रा गर्ने कुनै पनि यात्रुहरुले असभ्य व्यवहार नगरुन भन्नको लागी सिसि क्यामेरा समेत जडान गरीएको छ ।

सहुलिएत भाडा दरमा संचालन गरीएका नगर वसमा ५ वर्ष मुनिका वालवालिका र जेष्ठ नागरिकहरुलार्य निशुल्क सेवा प्रदान गरीने छ भने विद्यार्थीहरुलाई ३३ प्रतिसत छुट दिईने छ ।

त्यसैगरी अपांगता भएका व्यक्ति तथा जनयुद्ध र जनआन्दोलनका घाईतेहरुलाई भाडादरमा ५० प्रतिसत छुट गरीने नगर प्रमुख विशाल शर्माले वताउनुभयो ।

संचालनमा ल्याईएका वसहरुलाई व्यवस्थित र नियमित रुपमा संचालन गर्नको लागी यस क्षेत्रका सडक स्तरोउन्नोती तथा कालो पत्रेको काम लाई अगाडी वढाउनु अहिलेको प्रमुख आवश्यकता भएको स्थानीयको भनाई छ ।