नेसनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश पारित


नेसनल लाइफ इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभाले १४ दशमलव ५० प्रतिशत लाभांश पारित गरेको छ।

सभाले आव २०७४/०७५ को लागि सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पुँजीको २ दशमलव ५ प्रतिशत बोनस शेयर र १२ प्रतिशतका दरले नगद गरी १४ दशमलव ५० प्रतिशत लाभांश अनुमोदन गरेको हो।

सभाले ७ लाख ५१ हजार ८६० कित्ता बोनस शेयर र बोनस शेयर वापतको कर प्रयोजनको लागि ३९ लाख ५७ हजार १५८ रुपियाँ नगद लाभांश प्रस्ताव पारित गरेको हो।

लाभांश प्रयोजनका लागि कम्पनीले कार्तिक १० गते आइतबारदेखि बुकक्लोज गरेकाले त्यसअनुसार कार्तिक ७ गते बिहीबारसम्म कायम शेयरधनीले मात्रै कम्पनीको लाभांश प्राप्त गर्नेछन्।

कम्पनी पुँजीको हिसाबले समेत सबल भएको भन्दै बोनसपश्चात कम्पनीको चुक्ता पुँजी ३ अर्ब ८ करोड २६ लाख २६ हजार ५४८ रुपियाँ पुगेको कम्पनीले जनाएको छ।