एनएमबि बैंकले ३५ प्रतिशत लाभांश दिने

0
Shares

एनएमबि बैंकले प्रतिस्पर्धी बैंकको तुलनामा उच्च लाभांश प्रस्ताव गरेको छ। बैंकले चुक्तापुँजीको २१ प्रतिशत बोनस र १४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश दिने निर्णय गरेको छ।

बैंकको कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश दिने प्रस्ताव गरेको हो।

हाल बैंकको चुक्तापुँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७०७ दशमलव ९६ रुपियाँ रहेको छ। २१ प्रतिशत बोनस वितरणपश्चात बैंकको चुक्तापुँजी १३ अर्ब ९५ करोड ९ लाख पुग्नेछ।

यसैबीच एनएमबि बैंकको सर्वसाधारण शेयरधनीतर्फको रिक्त पदमा दुई जना नियुक्त भएका छन्।

बैंकले बाँकी अवधिको लागि रवि शंकर सैजु र सुनिती श्रेष्ठलाई कात्तिक २४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो।