एच–१ भिसामा वर्क परमिट कायम

0
Shares

वासिङ्टन, (एजेन्सी)।

अमेरिकाको एक अदालतले केही समयका लागि ‘एच–१ बी’ भिसा भएका कर्मचारीका पति–पत्नीलाई दिँदै आइरहेको वर्क परिमिट रद्द गर्न अस्वीकार गरेको छ।

ओबामा प्रशासनको कालमा ‘एच–१ बी’ भिसा भएका पति वा पत्नीलाई अमेरिकामा काम गर्न अनुमति दिएको थियो।

‘एच–१’ भिसा अमेरिकी कम्पनीको सिफारिसमा विशिष्ट योग्यता भएका आवश्यक कर्मचारीलाई दिने गरिन्छ।

प्रविधि क्षेत्रका कम्पनी हरेक वर्ष भारत र चीन जस्ता देशबाट लाखौं कर्मचारीलाई नियुक्तिका लागि यो व्यवस्थामा निर्भर रहेका छन्।

बाराक ओबामाद्वारा सन् २०१५ मा जारी एक नियमानुसार ‘एच–१ बी’ भिसा पाएका नागरिकका पति वा पत्नीलाई काम गर्न ‘एच–४’ भिसा जारी गरेको थियो।

यो व्यवस्था समाप्त पार्न कयौं अमेरिकी कार्यकर्ताले ट्रम्प प्रशासनसँग मिले अदालतमा चुनौती दिएका थिए।

उनीहरूले उक्त नियम रद्द गर्न माग गरेका थिए। कोलोम्बियाको जिला अदालत ३ न्यायधीशको बेन्चले शुक्रबार एक तल्लो अदालतमा उक्त मामिला फिर्ता पठाएको थियो।