हिमालय कप आजदेखि

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं।
हिमालय इङ्लिस बोर्डिङ स्कुलको आयोजनामा दोस्रो हिमालय कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ।
प्रतियोगितामा विभिन्न ५ समूहमा ५७ टिमको सहभागिता रहने हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्र अधिकारीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए।
सिनियर ब्वाइजमा १२, जुनियर गल्र्समा १२, जुनियर ब्वाइजमा १३ तथा प्लस टु ब्वाइजमा १५ र गल्र्समा ५ टिमको सहभागिता रहनेछन्।
मंसिर ८ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरू कोटेश्वरस्थित आयोजककै कोर्टमा हुने छ।