नेपाल भित्रियो सेन्सर तास

0
Shares

काठमाडौं, (नेस)।

नागार्जुन नगरपालिका–४ शरणपुर बस्ने सर्लाही बरहथवा नगरपालिका–९ घर भएका निरबहादुर कार्कीलाई विद्युतीय डिभाइस जडित तास र विभिन्न सामानसहित प्रहरीले पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले कार्की सवार बा७३प ५१२२ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा १२ प्याकेट विद्युतीय डिभाइस जडित तास र नगद ८० हजार रुपियाँसहित काठमाडौं महानगरपालिका–१४ सोल्टी दोबाटोबाट पक्राउ गरेको हो।

घटनाको थप अनुसन्धानको क्रममा कार्कीको कोठाबाट भारतीय रुपियाँ नगद ६ हजार, मुक्तिनाथ विकास बैंकको ५ लाख रुपियाँको चेक, बैंक अफ काठमाडौंको ६ लाख रुपियाँको चेक, मोबाइल १५ थान, डिभाइस जडिस पर्स, बेल्ट, घडी, चश्मा, कपडाको बाउला गरी २५ थान, तास ४ बोरा खुल्ला तास १ सय बन्डल, जेटी ३ सय ६१ लेखिएको डिभाइस ५ बट्टा, सीभीके लेखिएको डिभाइस २ बट्टा, इलेक्ट्रिक चुरोट १ बट्टा, डिभाइस रिमोट २४ थान, डिभाइस जडित लिड लाइट १ थान, डिभाइस जडित १ हजारको नोट ५ थान, पहेलो रंगको इयरपिस १ सय २५ थान, डिभाइस जडित इयरपिस १० थानसहित पक्राउ गरेको छ।