अघोरी बाबा पक्राउ


काठमाडौं, (नेस)।

युट्यूब तथा सामाजिक सञ्जालमा ‘अघोरी बाबा’को रूपमा चर्चित बनेका विजय केसीलाई प्रहरीले पक्राउ गरेको छ। केसीमाथि ठगी आरोपमा उजुरी परेपछि महानगरीय प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको हो।

‘लाइफ ड्यामेज बाबा’को रूपमा चर्चित केसीले केही व्यक्तिलाई विदेश पठाइदिन्छु भन्दै ठगी गरेको उजुरी परेको प्रहरीले जनाएको छ। केसीसँगै उनकी पत्नीलाई पनि पक्राउ गरेको छ।