सचेतनामूलक कार्यक्रम सम्पन्न

0
Shares

नेपाल समाचारपत्र, काठमाडौंं।

१४औं महानगरीय प्रहरी दिवस २०७६ को अवसरमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिका–१२ गुर्जुधारास्थित भेहिकल सेन्टर परिसरमा सोमबार सम्पन्न भएको उक्त कार्यक्रममा सचेतनामूलक सांस्कृतिक तथा बैन्ड डिस्प्ले गरिएको थियो।

उक्त अवसरमा कार्यक्रमका प्रमुख अतिथि महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले सभ्य र समृद्ध समाजको विकास गर्नका लागि घर परिवारबाटै सुधार आवश्यक रहेको बताउनुभयो।

थापाले लागूऔषधको दुरुपयोग, समाजिक सञ्जाल प्रयोग गर्दा अपनाउनुपर्ने विधिबारे उहाँले चर्चा गर्नुभयो। घरेलु हिंसालगायतका अन्य आपराधिक गतिविधिको सूचना प्रहरीलाई समयमा नै दिन आग्रहसमेत गर्नुभयो।

कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरीले कार्यक्रम समापन गर्दै नयाँ ढंगबाट प्रस्तुत गरिएको सांस्कृतिक कार्यक्रमले समाजमा शान्ति सुरक्षा कायम गर्न ठूलो टेवा पुर्याउने विचार व्यक्त गर्नुभयो।

उक्त भेहिकल सेन्टरका सञ्चालक देवेन्द्र प्रधानले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम तथा नेपाल प्रहरीको ब्यान्डले कन्सर्ट प्रस्तुतसमेत गरेको थियो।

समुदाय–प्रहरी साझेदारी पालिका समिति र चन्द्रागिरि नगरपालिकाको आयोजना र महानगरीय प्रहरी वृत्त थानकोटको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा महानगरीय ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिमप्रसाद ढकाल, चन्द्रागिरि नगरपालिकाका उपमयेर, चन्द्रागिरि नगरपालिकाका वडा अध्यक्षहरू, विभिन्न विद्यालयका विद्यार्थी, स्थानीय समाजसेवी, सञ्चारकर्मीलगायत प्रहरी अधिकृतको उपस्थिति रहेको थियो।