भद्रपुर, (नेस)।
विमानस्थलको धावनमार्ग मर्मतसँगै स्तरोन्नति कार्य पुनः सुचारु गर्ने गरी १० दिन उडान सेवा बन्द हुने भएको छ। कात्तिक २६ देखि मङ्सिर ५ गतेसम्म झापाको भद्रपुरस्थित चन्द्रगढी नागरिक उड्डयन कार्यालयले पूर्णरूपमा बन्द गर्न लागेको सो कार्यालयले जनाएको छ।
विमानस्थल धावनमार्ग मर्मतसँगै स्तरोन्नति गर्न लागेका कारण बन्द गर्नुपरेको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख पूर्ण चुडालले बताउनुभयो। भदौ २० देखि असोज ११ गतेसम्म यसअघि १८ घण्टा विमानस्थल बन्द गरेर काम गरेको उहाँँले बताउनुभयो।
सो अवधिमा पानी परेकोले काम प्रभावित बनेको उहाँको भनाइ छ। त्यही कामलाई पुनः सुचारु गराउन नेपाल नागरिक उड्डयन प्राधिकरणसँग लिखितरूपमा अनुमति लिएर बन्द गराउन लागेको उहाँले बताउनुभयो।
१० दिनभित्र बाँकी मर्मतसँगै स्तरोन्नतिको काम ठेकेदारले सक्ने उहाँको भनाइ छ।विमानस्थलको १५ सय मिटर लम्बाइ र ३० मिटर चौडाइ रहेको धावनमार्ग अहिले जीर्ण बनेको छ।
प्रतिक्रिया