स्वास्थ्यकर्मी संघको अध्यक्षमा घिमिरेको ह्याट्रीक


भगवती तिमल्सिना, काठमाडौं ।

नेपाल राज्यमा १६ हजारभन्दा बढी सदस्य रहेको कांग्रेसनिकट नेपाल स्वास्थ्यकर्मी संघको नयाँ नेतृत्वको अध्यक्षमा रामजी घिमिरे निर्वाचित हुनुभएको छ ।

घिमिरेले उपाध्याइलाई १ सय १४ मतले पछि पार्दै अध्यक्ष पदका लागि निर्वाचित हुनुभएको हो । उहाँले ३ सय ३१ मत ल्याई ह्याट्रीक गर्नुभएको हो । घिमिरेका प्रत्याशी निवर्तमान सहअध्यक्ष ओमप्रसाद उपाध्यायले २ सय १७ मत ल्याउनुभएको थियो ।

मतदान प्रकृयामा ५ सय ७२ मत खसेको थियो । मत गणना ७ बजे सम्म जारी थियो । देशभरका ७ सय बढी प्रतिनिधिको उपस्थिति रहेपनि सधै तीनै टीमको हालीमुहाली भएको भन्दै केही प्रतिनिधिहरुले मतदान नै नगरि बाहिरिएका थिए । आइतबार भएको नयाँ कार्यसमिति चयनका लागि कुल ८३ पदका लागि निर्वाचन गरिएको छ ।

दुई वर्ष ढिलो गरी भएको महाधिवेशनमा घिमिरे दुई कार्यकालको आठ वर्ष र अतिरिक्त दुई वर्ष गरी दस वर्षदेखि संघको नेतृत्वमा हुनुहुन्छ ।

महासचिवमा दीपक भट्ट ३ सय १९ मत ल्याएर निर्वाचित हुनुभएकोछ । महासचिवमा भट्ट र शंकर कँडेलबीच प्रतिस्पर्धामा भएको थियो । कँडेलले २ सय २० मत प्राप्त भएको छ ।

यस्तै वरिष्ठ उपाध्यक्षमा रामचन्द्र साह निर्वाचित हुनुभएको छ । वरिष्ठ उपाध्यक्षमा साहसहित दीपक मुडभरी र भवानी शर्मा प्रतिस्पर्धामा उत्रिएका थिए । मुडभरी र शर्माले क्रमश १ सय ६७ र ९९ मत प्राप्त गरेका छन् ।

महिला उपाध्यक्षमा रमिला चौलागाईं ३ सय ३१ मत ल्याएर विजयी हुुनुभएकोछे मिराले १ सय ८१ मत प्राप्त गनुएभएको छ । त्यसैगरी कोषाध्यक्षमा सुरेश पासवानले जित हासिल गरेका छन् । पासवानले उनको प्रतिस्पर्धामा राजकुमार तिवारी थिए ।

बिहान ८ बजेबाट सुरु भएको मतदान १२ बजे सकिएको थियो । मतगणना भने २ बजेपछि सुरु भै ७ बजे सम्म जारी थियो । मनोनित पद भने खाली नै रहेको छ ।

उपमहासचिव पदमा दूईजना सुरेश खड्का देबेन्द्र प्रसाद भटराईको बराबरी मत १ सय ९९ र १ सय ९९ सय भएको छ ।

यसको टुंगो दुबैको सहमतीमा या गोला प्रथाबाट जे सहमत हुन्छ त्यसकै आधारमा सोमबार निर्वाचित टीमको सपथग्रहणकै समयमा गर्ने निधो भएको निर्वाचन आयुक्त भरत प्रसाद खरेलले जानकारी गराउँनुभयो ।