२ सय ५२ औँ सिन्धुलीगढी विजयोत्सव भव्यरुपमा मनाईयो


बुद्ध नेपाली, सिन्धुली ।

गोर्खाली फौजले अंग्रेज सेनालाई हराएको सम्झनामा रहेक बर्षको कात्र्तिक २४ गते मनाईदै आईएको सिन्धुलीगढी बिवयोत्सव आईतवार भव्य रुपमा मनाईएको छ ।

कमलामाई नगरपालिका–३ स्थित ऐतिहासिकस्थल सिन्धुलीगढीमा आयोजित सिन्धुलीगढी २५२ औँ बिजयोत्सव सिन्धुलीगढीमा झण्डोत्तोलन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले उद्घाटन गरेका हुन् ।

तत्कालिन समयमा गोर्खाली फौले अंग्रेज फौजलाई परास्त गर्दा भएको युद्धको झल्को दिने गरी २५२ औँ विजयोत्सव मनाइँएको छ । बिजयोत्सवको अवसरमा युद्धमा प्रयोग भएका सबै सामग्री जुटाएर प्रदर्शनीमा राखिएको थियो ।

गोर्खाली फौजले अंग्रेज सेनालाई हराएको २ सय ५२ वर्ष पुगेको इतिहास स्मरण गर्न आयोजित विजयोत्सवमा तत्कालीन समयको तोप, जेलघर लगायत पुराना संरचना उत्खनन् गरिएको थियो ।

विगतका बर्षहरुमा कात्र्तिक २४ गते मात्रै मनाईदै आएको विजयोत्सव यस बर्ष भने ३ दिन सम्म मनाईको छ । तिन दिन सम्म मनाइएको उत्सवमा नेपाली सेनासँग सम्बन्धित युद्धसामग्री, भेषभूषा र स्थानीय उत्पादनको समेत प्रचारप्रसार गर्न स्टल राखिएका थिए ।

आईतवार ऐतिहासिक सिन्धुलीगढीमा आयोजित सिन्धुलीगढी २५२ औँ विजयोत्सवलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले नेपालको राष्ट्रियता, सार्वभौमिकता र स्वाधिन्तालाई कसैले आँच प¥याउछ भने त्यो कुनै हालतमा स्वीकार्य नुहने बताएका छन् ।

रक्षामन्त्री पोख्रेलले भारतले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भूमि मिचिएको प्रति आपत्ती जनाउदै यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो,‘हाम्रो राष्ट्रियतालाई,राष्ट्रिय भावनालाई, हाम्रो सार्वभौमिकता र स्वाधिन्तालाई, हाम्रो सार्वभौमिकता समानतालाई कसैले पनि आँच पु¥र्याउन खोच्छ भने त्यो कुनै हालतमा पनि स्वीकार गर्दैनौं’ ।

उहाँले लिम्पियाधुरा, कालापानी, लिपुलेकसँग सम्बन्धित बालिया प्रमाण जुटाएर कूटनीतिक माध्यमबाट भारतसँगको सिमा विवादको समस्या समाधान गर्न प्रधानमन्त्री ओली नेतृत्वको सरकार अगाडी बढेको बताउनुभयो ।

सिमाको बिषयलाई लिएर सवै राजनितिक दल, विज्ञ, कुटनीतिज्ञ लगाएतका सिँगो मुलक विच साझा धारण बन्नु भारतसँगको सिमा समस्या समाधानका लागी नेपालको शक्ति भएको उहाँको भनाई छ ।

‘हिजोको सर्वपक्षीय बैठकमा सवै राजनितिक दल, विज्ञ, कुटनीतिज्ञ लगाएतका सिँगो मुलक विच सिमाको बिषयमा साझा धारण बनेको छ । यो हाम्रो शक्ति हो । ईतिहास देखिका प्रमाण र शक्तिको बलमा हाम्रो राष्ट्रियता जोगाउन सरकारले कुनै कसरत बाँकी राख्दैन्’उहाँले भन्नुभयो ।

उहाँले गोर्खाली फौजले अंग्रेज सेनालाई हराई विरासत जोगाएको ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाल र नेपाली सेनाको जिवीत ईतिहास भएको बताउनुभयो । वि.स.२०६७ सालदेखि नेपाल पत्रकार महासंघ जिल्ला शाखा सिन्धुलीले मनाउन थालेको विजयोत्सवलाई स्थानीय तहमा निर्वाचित जनप्रतिनिधि आएपछि नगरपालिका आफैंले गत बर्ष देखि निरन्तरता दिन सुरु गरेको हो ।

विजयोत्सवलाई भव्य रूपमा मनाउन कमलामाई नगरपालिका सुनकोसी र गोलन्जोर गाउँपालिकाले आइतबार सार्वजनिक बिदा दिएका थिए ।