भारत बिरुद्ध वीरगन्जमा प्रदर्शन


कृष्णउदास खनाल, वीरगन्ज ।

छिमेकी देश भरतले नेपाली भुमि कब्जा गरेको भन्दै आइतबार वीरगन्ज स्थित भारतीय महावाणिज्य दुतावास अगाडि प्रर्दशन गरिएको छ ।

नेकपा निकट अनेरास्ववियु र देश बचाऊ संर्घष समिती तथा नेपाल विद्वत परिषदले भारती बिरुद्ध प्रर्दशन गरेका हुन् ।

कालापानी हाम्रो हो, लिपुलेक हाम्रो हो, लुम्पियाधुरा हाम्रो हो, नेपाली सिमा मिच्न पाईदैन, नरेन्द्र मोदी मुर्दावाद, भारतीय बिस्तारवाद मुर्दावाद लगायतका नारा लगाउदै सयौं युवाहरु प्रर्दशन गरेका थिए ।

घण्टाघरबाट शुरु प्रर्दशन भारतीय महावाणिज्य दूतावास अगाडी पुगेर कोण सभामा परिणत भएको थियो ।

वक्ताहरुले भारतले हालै प्रकाशण गरेको नक्सामा नेपाली भूमिलाई भारतमा देखाएकोमा कडा आपति जनाएका थिए ।भारतले नेपाली भुमि तत्काल फिर्ता नगरे कडा आन्दोलन गर्ने समेत चेतावनी दिएका थिए ।

अनेरास्ववियुका युवा नेता मित्रदेव यादव र देश बचाउ संर्घष समितीका युवा नेता महमुद अंसारीकोे नेतृत्व प्रर्दशन भएको थियो । सो अवसरमा युवा नेता उमेश गुप्ता, अकलेश साह, रेयाज अंसारी,हेमन्त तमाङ्ग, विवेक कुमार साह लगायतको सहभागिता रहेको थियो ।

वीरगन्ज भारतको प्रभाव रहेको स्थानमा रुपमा लिइन्छ । मधेशवादी दलहरुले भने भारतीय कदमका बिषयमा हालसम्म कुनै सार्वजनिक टिप्पणी गरेका छैनन् ।