शिर्ष वरियताका खेलाडीको विजय अभियान जारी


उजोल डंगोल, काठमाडौँ ।

मदन भण्डारी मेमोरियल एसियन एमेच्योर चेस च्याम्पियनसीपमा शिर्ष खेलाडीहरुको विजय अभियान जारी रहेको छ ।

आइतबार दोश्रो चरणको खेल सकिदा शिर्ष बरियताका पुरुषोत्तम चौलागाइ र तेश्रो वरियताका सुरविर लामा सहित नेपालकै प्रेमकृष्ण मर्हजन, सजिन मर्हजन, सुमित पन्त, एफएम रिजेन्द्र राजभण्डारी, सिएम नविन तण्डुकार, तीर्थ राज सुब्बा, सिएम कृष्ण थापा र युवराज पौडेलको दुइ चरणको समाप्तीमा दुइ अंक नै छ ।

भारतकी सन्ध्या जी, एजीएम सुभम शुक्ला, काजकस्तानका बैस्नोभ स्लाम, पाकिस्तानका मोहम्मद साजाद र मलेसियाका इसाक मोहम्मद हफीजुलको पनि दुइ अंक छ ।

दोश्रो चरणमा पुरुषोत्तमले राजेन्द्र बज्राचार्य,सुरविरले सुदिप तामाङ,सजिनले काजकस्तानका गब्दुसेभ अर्मान, समितले विवेक श्रेष्ठर रिजेन्द्रले सुश्रुत दाहाललाई पराजित गरे ।

यसैगरी तिर्थले मलेसियाका लि सोइ हक, बैस्नभले भारतका आर्नक कुशवाह, र इशाकले नेपालका सुरोज मर्हजनलाई हराएका हुन् ।

१५ देशका कुल ८४ खेलाडी सहभागि प्रतियोगिता स्वीस लिगको आधारको नौ चरणमा हुने छ । नेपाल बुद्धीचाल संघ र मदन भण्डारी स्पोर्ट्स एकेडेमीको संयुक्त आयोजनामा सञ्चालित प्रतियोगिता बिहिबार सम्म चल्ने छ ।

प्रतियोगिताको उपाधि विजेताले १ हजार ५ सय, उपविजयीले १ हजार तथा तेश्रो स्थान प्राप्त गर्ने खेलाडीले ७ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । यसैगरी, चौथो र पाचौले ५ सय,छैठौले ४ सय तथा सातौले ३ सय ५० अमेरिकी डलर पुरस्कार पाउने छन् । आठौ देखि दशौ हुनेले ३ सय अमेरिकी डलर पुरस्कार पाउने छन् ।

पहिलो दिन दोश्रो बरियताका क्षितीज भण्डारीले नेपालकै जगतलाल तुलाधरलाई हराए भने शिर्ष बरियताका पुरुषोत्तम चौलागाइले जापानका ताकाहासी रोयनुसुके, तेश्रो बरियताका सुरबिर लामाले मणीराज डागीँ तथा चौथो बरियताका सजिन मर्हजनले पुजा भण्डारीसंग प्रतिस्पर्धा गरिरहेका छन् ।