सञ्चारकर्मीमाथि नगरप्रहरीको दुरव्यवहार


न्युज अफ नेपाल, भक्तपुर ।

राप्रपा संयुक्तका अध्यक्ष पशुपति शम्शेर राणाको कार्यक्रम स्थल बाहिर पार्किङ गरि राखेको कार्यक्रममा सहभागि सञ्चारकर्मीहरुको सवारी साधनको बिषयलाइ लिएर सुर्यबिनायक नगरपालिकाका नगरप्रहरीले अभद्र व्यवहार गरेका छन् ।

सूर्यबिनायक नगरपालिका वडा नं ८ सुर्यबिनायक क्षेत्र समेत समेटिएको वडाका वडाअध्यक्ष किरण थापा भन्छन्, नगर प्रहरीको अशोभनय ब्यवहारकै कारण नगरपालिका र जनप्रतिनिधिहरुले बेला बखत लज्जाबोधको महशुस गर्नु परेको घटना पटपटक आएको हो ।

उनले भने, यो बिषयलाई नगर प्रमुख समक्ष राखेर तत्काल छलफल गरि नगर प्रहरीका गलत बिषय नियन्त्रण गरिने छ ।
सुर्यबिनायक चोक आसपासका सडक अतिक्रमणका बारे बारम्बार सकारात्मक कामका विषयमा समाचार लेखेर प्रोत्साहान गर्दै सुन्दर नगरको विकासमा सहयोगी भूमिका खेल्दै आएका सञ्चारकर्मी माथि नै नगर प्रहरीबाट भएको दुब्र्यवहार निन्दनीय बिषय भएको संचारकर्मीहरुले बताएका छन् ।

रफत सञ्चार क्लबको साक्षात्कार कार्यक्रममा आएका सञ्चारकर्मीको सवारी पार्किङ्गको बिषयलाई लिएर नगर प्रहरी गालि गलौजमा उत्रनु गलत भएको नेवा पत्रकार राष्ट्रिय दबुका जिल्ला अध्यक्ष रामगोपाल तमखुले बताए ।

उनले भने, सवारी साधन हटाएको समाचार संकलनका लागि दृश्य र फोटो खिच्न अवरोध गर्ने र अभद« व्यवहार गर्ने अधिकार नगर प्रहरीलाई कस्ले दियो,त्यो सरोकारवाला निकायकाले सोच्नु जरुरी छ ।

सवारी साधन ब्यवस्थापन तर्फ अग्रसर हुनु सकारात्मक बिषय भएता पनि जसरी सूर्यबिनायक नगरपालिकाका नगर प्रहरी गाली गलौजमा उत्रिए र भक्तपुर ट्राफिकका जवान हातपातमा उत्रिए सो बिषय निन्दनीय भएको जनजाति पत्रकार महासंघ भक्तपुर जिल्ला अध्यक्ष सुन्दर शिल्पकारले बताए ।

उनले भने, सूयबिनायक क्षेत्रमा सडक अतिक्रमणबारे बारम्बार ब्यवस्थापन गर्न नगरपालिकासँग समन्वय गरेर बिभिन्न समाचार बनाउने सञ्चारकर्मी माथि नै दुब्र्यवहार गरिनु गलत हो । कार्यक्रममा आएका सञ्चारकर्मीलाई कुनै जानकारी नदिई सवारी नियन्त्रणमा लिन खोज्नु दुखद भएको उनको भनाई थियो ।