आगलागीबाट घुम्ती पसलमा क्षति


कृष्णउदास खनाल, वीरगन्ज ।

वीरगन्ज महानगरपालिका-११ श्रीपुरमा आइतबार बिहानै आगलागी भएको छ ।

आगलागीबाट स्थानीय भोजप्रसाद चौरसियाको घुम्ती पसल जलेको छ । पसल जल्दा आगलागीबाट २ लाख बढीको क्षति हुन पुगेको पीडितले जनाए ।

अचानक लागेको आगोलाई वीरगन्ज महानगरपालिकाको दमकल, वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी र स्थानीयले नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ ।

एकाबिहानै अचानक घुम्ती पसलमा कसरी आगलागी भयो? भन्ने विषयमा पर्सा प्रहरीले अनुसन्धान गरिरहेको पर्साका प्रहरी नायव उपरिक्षक गौतम थापाले बताउनुभयो ।

आगोलाई महानगरको दमकल, प्रहरी र स्थानीयको सहयोगमा आधा घण्टापछि नियन्त्रणमा लिएको थियो । आगलागीबाट करिब २ लाख मुल्य बराबरको सामाज जरेर क्षति पुगेको प्रहरीले अनुमान गरेको छ ।