चीनमा भिडियो गेममा कफ्र्यु


बेइजिंग,(एजेन्सी)
चीन सरकारले नावालकहरू माथि अनलाइन भिडियो गेमिंगमा कफ्र्यु लगाइएको घोषणा गरेको छ। अबदेखि अठार वर्ष मुनिका किशोर किशोरीले राति १२ बजेदेखि बिहान ८ बजेसम्म अनलाई भिडियो गेम खेल्न नपाउने भएका छन्। साथ ैतिनीहरूले सातामा ९० मिनेट , सप्ताहान्त र विदका दिनमा ३ घन्टा मात्र गेम खेलन पाइने समय सिमा पनि सरकारले तोेकेको छ।

भिडियो गेम दुवर्यसन हटाउन चीनले चालेको यो पछिल्लो कदम हो। यस गेमको कारण बालबालिकाको स्वास्थमा हानी पुगिरहेको सरकारी अधिकारीहरूको दावी रहेको छ। चीन विश्वमे सबैभन्दा ठूलो गेमिंग बजार भक्एो मुलुक मध्ये एक हुन्। मंगलवार आधिकारिक सरकारी निर्देशिकामा तिनीहरूका लागि खेलको समय सिमा पनि प्रकासित गरिएको हो।

त्यसै गरी ८ देखि १६ वर्ष उमेर समुहका बालबालिकाले महिनाको २ सय युआन युआन र १६ देखि १८ वर्ष समुहले ४ सय युआन मात्र खर्च गर्न पाउने भएका छन्। रिसर्च कम्पनी न्युजुका अनुसार चीन विश्वको दोश्रो सबैभन्दा ठूलो गेमिंग बजार भएको राष्ट्र हो। चीनमा भिडियो गेम माथि विभिन्न नीति नियम लादिन थालिएपछि अमेरिका यस मामिलामा विश्वमै पहिलो स्थानमा रहन पुगेको हो। चीनले पटक पटक भिडियो गेमको कारणले युवा वर्गमा नकारात्मक सोच पलाउने गरेको दावी गर्दै आएके छ। सन् २०१८ मा सरकारले गेमिंग नियम बनाउने घोषणा गरेको थियो।

सोही वर्ष चीनले नयाँ भिडियो गेमहरूको अनुमोदन बन्द गर्ने घोषणा गरेको थियो। नौ महिना यो नीति अपनाइँदा निक ैफाइदामा रहेको भिडियो गेमिंग उद्योगमा ठूलै धक्का पुगेको थियो। केहि ठूला भिडिो गेम कम्पनीहरूले यसकोकडा विरोध गरेका थिए।