सामुदायिक साकोसको २५ औ बार्षिक साधारण सभा सम्पन्न


मोतीराम तिमल्सिना, काभ्रे ।

सामुदायिक साकोस पनौतीको २५ औँ बार्षीक साधारणसभा प्रदेशसभा सदस्य चन्द्र लामाको प्रमुख आतिथ्यता तथा अध्यक्ष प्रकाश बञ्जाराको अध्यक्षतामा सम्पन्न भएको छ ।

कार्यक्रममा बोल्दै सांसद लामाले सहकारी मार्फत् मुलुकको विकासमा सहयोग पुगेको बताउनु भयो । सामुदायिक साकोसले जिल्ला भर दिएको सेवाले मुलुक निर्माणमा सहयोग पुगेको प्रदेश सभा सदस्य लामाले बताउनु भयो ।

सामुदायिक साकोसले पनौतीको १, २ र ३ नम्वर वडाका सदस्यहरुको लाागि कुशादेवीमा साधारण सभा आयोजना गरेको थियो भने वडा नम्वर ४, ५, ६, ७ र ८ का लागि मुख्य कार्यालय पनौतीमा सभा आयोजना गरिएको थियो । पनौती ९, १० र ११ का लागि खोपासीमा साधारण सभा आयोजना गरिएको थियो भने पनौती १२ का लागि भुमेडाँडामा सभा आयोजना गरिएको थियो ।

बनेपा, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका तथा रोशी, तेमाल गाउँपालिकाका सदस्यहरुका लागि बनेपामा सभाको आयोजना गरिएको थियो । बेथान्चोक गाउँपालिकाको सभामा बेथान्चोकमै आयोजना गरिएको थियो ।

सभामा सचिव मुुकुन्द शर्माको बार्गिाक प्रतिवेदन, कोषाध्यक्ष प्रताप ताम्राकारको आर्थिक प्रतिवेदन, लेखा तथा सुपरिवेक्षण समितिका संयोजक हरिप्रसाद तिमल्सिनाले तयार गरेको प्रतिवेदन प्रस्तुत गरिएको थियो ।

सभामा पनौती नगरपालिका प्रमुख भिम न्यौपाने, उपप्रमुख गिता बञ्जारा, नेफ्सकुनका नेफ्सकुनका संचालक उद्धव सापकोटा, कार्यकारी प्रमु्ख शिवजी सापकोटा लगायतले संस्थाको सभामा शुभकामना दिएका थिए ।

संस्थाको असोज मसान्तसम्मको कारोवारका बारेमा प्रमुख कार्यकारी अधिकृत मदन बस्नेतले जानकारी गराउनु भएको थियो । संस्थाले २३ हजार २ सय २६ शेयर सदस्यबाट १९ करोड २४ लाख ४२ हजार शेयर रकम संकलन गरेको छ । जगेडाकोषमा १५ करोड ४१ लाख ६६ हजार रहेको उक्त संस्थाको अन्य कोषहरुमा ६ करोड ४० लाख १४ हजार बचत रहेको छ ।

१ अर्ब ४० करोड ९४ लाख २९ हजार बचत संकलन गरेको सहकारीले १ अर्ब ५० करोड ४४ लाख ९३ हजार रुपैया ऋण लगानी गरेको छ । १ अर्ब ९३ करोड ८२ लाख ३६ हजारको वासलात रहेको सहकारीले २३ करोड ९० लाख ३७ हजार आम्दानी गरेको छ ।