न्युज अफ नेपाल, काठमाडौं ।
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), सुनवल नगरपालिका–३ स्थित मिठाई पसलमा काम गर्ने गैंडाकोट नगरपालिका–७ सितलनगर गैरी बस्ने ६८ वर्षीय तिलक बहादुर अधिकारी उक्त पसलको शौचालयमा शुक्रवार बिहान मृत अवस्थामा फेला परेका छन् ।
सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका–३ बास्तोला टोल बस्ने ६० वर्षीया खिन कुमारी बास्तोला शुक्रबार बिहान घर नजिक बारीमा मृत अबस्थामा फेला परेकी छन् ।
बैतडीको पुर्चौंडी नगरपालिका–३ बस्ने ४६ वर्षीय गणेश पार्की सोही ठाउँस्थित रातेशिला मन्दिरमा शुक्रबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।











प्रतिक्रिया