अवैध गाँजा खेती नष्ट


सुभेन्द्र दास, लहान ।

सिरहा प्रहरीले ठुलो परिमाणमा गाँजा खेती नष्ट गरेको छ।
सिरहाको धनगढीमाई नगपालिका वडा नम्बर १२ स्थित करिब दुई विघा खेतमा गरिएको गाँजा खेती फडानी गरी नष्ट गरिएको सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए।

इलाका प्रहरी कार्यालय विष्णुपुरकट्टी सिरहाबाट खटिएको प्रहरी गस्ती टोलीले गाँजा खेतीलाई फडानी गरि स्थानियवासीको रोहवरमा नष्ट गरेको सिरहा प्रहरीले जनाएको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।