सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरी लागूऔषधको कारोवार


सरोज यादव, विराटनगर ।

सरकारी नम्बर प्लेटको मोटरसाइकल प्रयोग गरि अवैध रूपमा लागूऔषध ल्याउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगर महानगरपालिका– १५ भन्सार कार्यालयको १ नं.ढाटबाट लागूऔषधसहित सरकारी मोटरसाइकलमा लागूऔषध ल्याउने सप्तरी राजबिराज नगरपालीका– २ राजदेब टोलका २६ वर्षिय कपिल यादबलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका यादवले स १ ब १४१० नम्बरको सरकारी नम्बर प्लेट भएको मोटरसाईकल प्रयोग गरि लागूऔषध ल्याउने क्रममा लागुऔषध नियन्त्रण व्यूरो विराटनगरको विशेष टोलिले पक्राउ गरेको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिनुभयो । यादवले लागूऔषध ल्याउन प्रयोग गरिएको मोटसाइकल डिभिजन वन कार्यालय उदयपुरको रहेको बुझिएको छ । कपिलका बावु सत्यनारयण यादव डिभिजन वन कार्यालय उदयपुरका अधिकृत हुन् ।

वावुले प्रयोग गर्ने सरकारी नम्बर प्लेटका मोटसाइकल लिएर आइतबार कपिल जोगवनी आएका थिए । लागूऔषध लिएर गन्तब्यतर्फ फर्किने क्रममा प्रहरीले चेकजाचको क्रममा यादबलाई पक्राउ गरिएको हो । कम्मर पेटीको लाईनमा लुकाई छिपाई ल्याएको अवैध लागूऔषध यादवको साथबाट प्रहरीले बरामद गरेको हो ।

प्रहरीले उनको साथबाट डाईजेल्याब ८ एम्पुल, एभिल ८ एम्पुल र लुपिजेसिक ८ एम्पुल गरी जम्मा २४ एम्पुल अवैध लागूऔषध बरामद गरिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले उनलाई लागु औषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अदालतमा म्यात थप गरि आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।