विभिन्न मुद्दाका फरार दुई पक्राउ


न्युज अफ नेपाल, मोरङ ।

चोरी मुद्दाका फरार प्रतिवादी विराटनगर महानगरपालिका–११ बस्ने २८ वर्षीय भरत मुखियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

२०७४ भदौ २० गतेको फैसलाले एक महिना कैद र सात हजार पाँच सय रुपैयाँ जरिवाना सजाय भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले सोही महानगरपालिका–१२ बाट पक्राउ गरेको हो ।

यसैगरी सवारी ज्यान मुद्धाका फरार प्रतिवादी मोरङ लेटाङ नगरपालिका–८ बस्नेय भिम बहादुर सार्कीलाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी चौकी जाँतेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसैगरी वन पैदावर ओसारपसार मुद्दाका फरार प्रतिवादी मिक्लाजुङ गाउँपालिका–९ का ४७ वर्षीय सेमन्त दाहाललाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

वन पैदावर ओसारपसार मुद्दामा जिल्ला अदालत मोरङको २०६९ असार ७ गतेको फैसलाले १ महिना १५ दिन र आठ हजार दुई सय ४९ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय मधुमल्लाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।